लन्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा वेस्ट ब्रुमलाई
५–२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक कल्भार्ट लेविनले ह्याट्रिक गरे ।
यस्तै जेम्स रोड्रिगेज र माइकल किनले एक एक गोल गरे ।
१० खेलाडीमा सिमित वेस्ट ब्रुमका ग्राडी डियानगाना र माथ्युस पेरिएराले एक एक गोल फर्काए ।
गोडिसन पार्कमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो ।
खेलको दशौँ मिनेटमा ग्राडीले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।
तर, ३२ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।
४५ औं मिनेटमा रोड्रिगेजले डेब्यु गोल गरेपछि पहिलो हाफमा एभर्टन २–१ ले अघि रह्यो ।