काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. नयाँवानेश्वरबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअन्र्तगत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहकवर्ग शेयरधनी तथा कर्मचारीहरूले एभरेष्ट हस्पिटल प्रा.लि.ले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैकबाट
‘ग’ वर्गको वित्तीय कारोबार गर्ने गरि इजाजत प्राप्त गरी प्रधान कार्यालय प्रदर्शनी मार्गबाट आफनो कारोबार सुरु गर्दै आएको यस संस्थाको का.म.न.पा. २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको छ ।
त्यस्तै न्यूरोड काठमाडौं, ईमाडोल ललितपुर, सितापाईला काठमाडौं, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ्ग, बनेपा, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणीग्राम रूपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड र धुलाबारी शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।