नवलपरासी– नवलपरासी प्रहरीले साढे चार महिनामा २ करोड ४०लाख २९ हजार ८ सय ८ मुल्य बराबरको तस्करीको सरसमान बरामद गरेको छ ।
जिल्लामा प्रहरी उपरीक्षक अजय केसी आएको साढे चार महिनामा जिल्लाका विभिन्न स्थानबाट २ करोड २८लाख १५हजार ९सय ६८मूल्य बराबरको विभिन्न अबैध मालसामान बरामद गरि आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय पठाइएको छ ।
प्रहरी उपरीक्षक केसी जिल्लामा आएपछि सिमानाकामा निगरानी बढाउदै चोरी तस्करीमा लगाम लगाएका छन् । प्रहरीको सक्रियता र काडा निगरानीले ठुला तसकरहरू त्रसीत भएका छन् । तर खुद्रे तस्करहरू अझै फाट्टफुट अबैध बाटो प्रयोग गर्दै थोरै मात्रामा भएपनी विभिन्न सरसमानको अबैध निकासी पैठारी गर्दै आएका छ ।
प्रहरीले बरामद गरेकोमा हरियो केराउ, छोहाडा, मरिच, खाद, हार्डबेयरको समान, कपडा, मोबाईललगायतका इलोक्ट्रानिक समान, सवारी साधन पार्ट पुर्जा, खसीबोका, अबैध कुखुरालगायतको सामाग्री रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि प्रहरीले ३ लाख २३ हजार ८ सय ४० मुल्य बराबरको अबैध काठ बरामद गरि आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बुझाएको छ, भने नदिजन्य पदार्थको अबैध उत्खननमा संम्लग्न ३० वटा ट्रेकटर, १ टिपर र ४ वटा स्काबेटर समेत पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको प्रहरीले जनाएको छ ।
यता सोमबार बिहान प्रहरीले गस्ती गर्ने क्रममा २ लाख ४७ हजार ४ सय मूल्य बराबरको मोबाइल र कपडा समेत अबैध मालसामान बरामद गरेको छ ।
यसरी यस साढे चार महिनामा अवैध मालसामान, अवैध काठ र अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा २ करोड ४० लाख २९ हजार ८ सय ८ मुल्य बराबरको राजश्व दाखिला भएको प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।