नवलपरासी– गण्डक नदी (नारायणी)मा मेसिन जडित ठूलो डंगङ्गा संचालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन् ।
१६० क्वीन्टल भार बोक्न सक्ने ठुलो डुङ्गा नदीमा मंगलबारदेखि संचालनमा आएपछि सुस्ताबासी खुशी भएका हुन् ।
यस डुङ्गा सानो डुङ्गा भन्दा कम जोखिम र बढि भार बोक्ने सक्ने क्षमतावान रहेको छ ।
यस डुङ्गामा पन्खी सहित दुई सिलिण्डरको मोटरमेसिन जोडिएको छ ।
उक्त मेसिन डिजलबाट चल्ने भएका कारण डुङ्गालाई हातबाट खियाउन नपर्ने भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवाल बताउँछन् ।
पटक–पटक सानो डुङ्गा नदीमा पल्टिएर धनजनको क्षति हुने गरेको र सुस्ता वारीपारी आवत जावतमा बढि समय लाग्ने गर्दथ्यो ।
तर यस ठुलो डुङ्गामा धेरै सर–सामान पनि राख्न मिल्ने र बाढीमा पनि सहजै यात्रा गर्न सक्ने प्रवक्ता जयसवालले बताए ।
उनका अनुसार बाढीमा पनि यस डुङ्गाबाट यात्रा गर्दा कम जोखिम रहेको र अहिलेको समयमा वारीबाट सुस्तापारी पुग्न जम्मा १० मिनट र फर्किन २० देखि २५ मिटन मात्र लाग्ने गरेको बताउँछन् ।
डुङ्गा काठबाट बनाइएको छ ।
सानो डुङ्गा बाढीमा चलाउनै नमिल्ने र पानी सामान्य अवस्थामा रहँदा डुङ्गा हातले खियाउने हुँदा सुस्ता पुग्न ३० मिनट र आउँदा करिब १ घण्टाको समय लाग्ने गर्दथ्यो साथै यात्रा जोखिम पुर्ण पनि थियो ।
तर सुस्ताबासी फिरोज आलम र जयनारायण शाहले सुस्ताबासीको समस्यालाई ध्यानमा राखी पन्खी मोटर जडित ठुलो डुङ्गा बनाएर संचालनमा ल्याएपछि सुस्ताबासीमा खुशियाली छाएको हो ।
बर्षौदेखि समस्या झेल्दै आएका सुस्ताबासीको समस्या सामाधानका लागि नदीमा झोलुंगे पुलको योजना हालेपनि पुल अझै सम्पन्न भइर्नसकेकाले आफ्नो दैनिकी सहज बनाउन विकल्पको रूपमा उक्त मेसिनबाट चल्ने डुंगा तयार गरेका हुन् ।
नदीमा पुल छैन जोखिमपुर्ण सानो डुङ्गा यात्रा गर्दै आएका सुस्ताबासीहरू बाढीको बेला अवागमन नै ठप्प हुन्थ्यो ।
तर यस ठुलो मेसिन सहितको डुङ्गाले सुस्ताबासीको हौसला बढाएको सुस्ताबासी बताउँछन् ।
५० देखि ६० क्वीन्टल मात्र भार बाक्ने सक्ने सानो डुङ्गाको यो एउटा विकल्प हो ।
यस्तै खालको अरु डुङ्गा पनि निर्माण गर्ने सुस्ताबासीले बताए ।