वीरगञ्ज– नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल बाट दोश्रो पटक कोरोना जितेर पर्सा, बारा र रौतहटका ९ जना कोरोना मुक्त भएका छन् ।
कोरोना मुक्त भएका पर्सा का बद्री राम चमार, लालबाबु चौरसिया, आनन्द गिरी , बिरेन्द्र शाह, दोरोपती देवी, जिल्ला बाराका लक्ष्मी देवी, शुभनारायण शाह र रौतहटका सुरेश यादव, दिपेन्द्र प्रसाद यादव रहेका छन् ।
असोज ५ गते पि.सि.आर चेकबाट कोरोना पोजिटिव देखिए पछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना भएका ४२ जनामा मध्ये एक साता पछि असोज १२ गते ९ जनाको कोरोना नेगेटिभ रिपोर्ट आए पछी अस्थायी कोरोना अस्पतालले मंगलबार बिदाई गरेको छ ।
कोरोना मुक्त भएपछि दोश्रो पटक यस अस्थायी कोरोना अस्पतालले बिदाई गरेको अस्पतालका निर्देशक डा. प्रमोद सरार्फ र चिकित्सक असरफ अंसारीले बताए ।
डिस्चार्ज गर्ने क्रममा अस्थायी कोरोना अस्पतालका व्यवस्थापक आबीद अन्सारी र चिकित्सकहरूद्वारा फुल माला लगाई विदाई गरीएको छ ।
प्रदेश नंं.२ कै सबै भन्दो ठूलो अस्पतालको रूपमा सञ्चालन गरिएको अस्पतालको हाल बेड क्षमता १८० बाट सुरु गरिएको छ ।
जस मध्ये १६ वटा आईसीयु सेवा, १० वटा भेन्टीलेटरलगायतका सेवा रहेका छन् ।
यस पछि चरणबद्ध रूपमा संक्रमितहरूको संख्या अनुसार बेड संख्या पनि बढाउने मेडिकल श्रोतले जनाएको छ ।
यस कोरोना अस्पतालको बेड संख्या ५०० देखी ७०० सम्म्को बनाउने लक्ष्यरहेको पनि मेडिकलको तथ्यांकबाट देखिएको छ ।
अस्पतालमा आउने संक्रमितहरूलाई सम्पूर्ण सेवा निःशुल्क दिने अस्पतालका प्रबन्धक निर्देशक बसरुद्दिन अन्सारीले बताए ।