लन्डन – प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण देखिएका छ ।
पछिल्लो चरणको परिक्षणमा ठुलो संख्यामा कोरोनाका संक्रमित पत्ता लागेका हुन् ।
कोरोनाको महामारीपछि सुरु भएको फुटबलमा पहिलो पटक ठुलो संख्यामा संक्रमित भेटिएका हुन् ।
पछिल्लो चरणसम्म १ हजार ५ सय ९५ जनामा क्लबका स्टाफमा परिक्षण गरिएको थियो ।
सेप्टेम्बर २१ देखि २७ सम्म गरिएको परिक्षण सो संंख्या पत्ता लागेको हो ।
परिक्षणको क्रममा पोजेटिभ आएको ब्यक्तिको परिचय खुलाईएको छैन ।
सबैलाई १० दिनकालागि आईसोलेसनमा पठाईएको छ ।
प्रिमियर लिगका साप्ताहिक रूपमा सबै क्लबका स्टाफ र खेलाडीको परिक्षण गर्दै आएको छ ।
गत हप्ता वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । लगत्तै तीनै जना एकान्तवासमा गएका थिए ।
सन् २०२०–२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको हो ।
नेनोआका १४ जनामा कोरोना
त्यसैगरी इटालियन सिरी ‘ए’ क्लब जेनोआका खेलाडी र स्टाफ गरी
१४ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिरी ‘ए’ अन्तर्गत नापोलीसँगको खेलपछि गरिएको परिक्षणमा फस्ट टिमका खेलाडीसहित १४ जनामा कोरोना देखिएको हो ।
कोरोना पोजेटिभ देखिने मध्ये ८ देखि १० खेलाडीले नापोलीसँग खेलेको बताईएको छ ।
आइतबार भएको उक्त खेलमा नापोलीले ६(० को जित निकालेको थियो ।
जेनोआले समेत १४ खेलाडीमा कोरोना देखिएको पुस्टि गरेको छ ।
जेनोआले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखेको छ ।