नेपालगन्ज । बैशाख ८ गते ।
बासको लोकप्रिय कार्यक्रम ईन्स्पाईरिङ्ग युथको नयाँ श्रखलामा एकाउन्टबिलीटि ल्याबका नेपाल प्रमुख नारायण अधिकारीले युवाहरुलाई उत्प्रेरणा मन्तब्य दिएका छन् ।
बैशाख ८ गते शनिवारका दिन नेपालगन्जमा सम्पन्न ईन्स्पाईरिङ्ग युथ कार्यक्रममा बोल्दै उत्प्रेरक अधिकारीले युवाहरुलाई मेहेनत र ईमान्दारीता पुर्बक काम गरेमा सफलता हासिल हुने बताए । युवाहरुमा जोस जागर र उत्साह हुने भन्दै युवा अवस्थाको जोस जागर र नविनतम शोचलाई सकारात्मक काममा खर्चिन अनुरोध गरे । कार्यक्रममा उनले आफ्नो बाल्यकाल देखि हाल सम्म आईपुग्दाका संघर्ष र सफलता राख्दा कार्यक्रममा उपस्थित सहभागि युवाहरुले निकै अभिरुचिका साथ सुनेका थिए । झण्डै १ घण्टा सम्मको उनको अनुभव तथा उत्प्रेरणा मन्तब्यले जिवनमा निकै ठुलो हौसला र उत्साह थपेको सहभागि युवाहरुले बताएका थिए । आफ्नो मन्तब्यको क्रममा उत्प्रेरक अधिकारीले एकाउन्टबिलीटी ल्याबले गर्दै आएको ईन्टिग्रिटी आईडलको बारेमा जानकारी दिदै असल र ईमान्दार कर्मचारीको नाम नोमिनेट गर्न समेत अनुरोध गरेकाथिए ।
बासको ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक खेम बिष्टले संचालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उप निर्देशक हेमराज भट्ट, ईन्प्रोक बाँकेका अध्यक्ष तेज बिक्रम शाह, सामाजिक अभियन्ता हेमन्तराज काफ्ले, बास स्वयम् सेवक संयोजक रबिन्द्र बोहरा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि तथा युवाहरुगरि ३५ बढीको सहभागिता रहेको थियो ।