नेपालगन्ज/नेपालगन्ज स्थित महेन्द्र बहुमुखि क्याम्पसमा झण्डै ६ महिना अघि परिक्षा दिएर फर्किदै गर्दा शिक्षकबाट दुब्र्यवहार भएको घटनालाई सामसुम पार्ने प्रयास भईरहेकोछ ।
महेन्द्र बहुमुखि क्याम्पसका शिक्षण सहायक रबिराज शर्माले २०७४ भाद्र १२ गते सोमबार महेन्द्र बहुमुखि क्याम्पसको २७ नम्बर कोठामा बिबिएस प्रथम बर्षको परिक्षा दिएर परिक्षा हलबाट बाहिरिन लागेकी एक छात्रा माथि यौन दुव्र्यवहार गरेका थिए ।
क्याम्पस हाता भित्र शिक्षकबाट जबरजस्ति हात पात भएपछि हातपात गर्ने शिक्षकलाई कार्वाही हुनुपर्ने माग गर्दै पीडित छात्राले बिद्यार्थी सँगठन लगायतसँग हारगुहार गरेकी थिईन् । क्याम्पस भित्र बिद्यार्थी माथि भएको अत्याचारको बिरुद्धमा तत्कालै क्याम्पसका ५ ओटा बिद्यार्थी सँगठनहरुले सक्रियता देखाएका थिए । बिद्यार्थी सँगठनको सक्रियताका कारण बल पाएकी पीडित बिद्यार्थीले आफु माथि भएको यौन दुब्र्यवहार बिरुद्ध प्रहरीमा उजुरी जाहेर गरेकी थिईन् । पीडित बिद्यार्थीले उजुरी दर्ता गर्न जाँदा जिल्ला प्रहरीले उजुरी नै लिन आनाकानी गरिरहेको थियो तर बिद्यार्थी सँगठनहरुको दवाव पश्चात ४ दिन पछि मात्रै प्रहरीले उजुरी लिएको बिद्यार्थी नेताहरुले बताए् ।
श्रोतले दिएको जानकारी अनुसार, मुद्धाको शुरुवाती चरणमा मात्रै बिद्यार्थी सँगठनहरुलाई साँक्षि बनाईएको र अहिले सो बारेमा कसैलाई पनि जानकारी नै नदिएको बुझिएको छ । जानकारी अनुसार जिल्ला प्रहरीमा किटानी जाहेरी पश्चात शिक्षण सहायक शर्मालाई २४ दिन प्रहरीले हिरासतमा राखेको थियो । त्यसपछि मुद्धा अदालती प्रक्रियामा गएको थियो । उता अदालतले पाँच औटै संगठनको नाम उल्लेखगरी अदालतमा उभ्याएर उनीहरुको रोहवरमा वयान समेत लिएको थियो । घटनाको शुरुवात देखि जोडिएका तिनै बिद्यार्थी सँगठनका नेताहरुलाई समेत यो बिषय कहाँ सम्म पुग्यो भन्ने जानकारी नहुनुले मुद्धालाई मिलाउन खोजिएको हुनसक्ने श्रोत बताउँछ ।
उता क्याम्पस हाता भित्र आचार संहिता बिपरित कार्यगर्ने शिक्षण सहायक रबिराज शर्मालाई मुद्धाको फैसला नभएसम्मका लागि क्याम्पसमा हाजिर हुन नदिने भनि क्याम्पस र बिद्यार्थी सँगठनहरु बिच भएको सम्झौता बिपरित क्याम्पस प्रशासनले मुद्धा किनारा नलाग्दै उनलाई हाजिर गराएकोछ । एकातिर सम्झौता गर्ने अर्को तर्फ आफैले गरेको सम्झौता उलंघन गर्ने क्याम्पस प्रशासनको रबैया ठिक नभएको बिद्यार्थी नेताहरुको भनाई रहेको छ । यस घटनाबाट जसले जे गरेपनि हुन्छ भन्ने मानसिकतालाई प्रशय दिएको बिद्यार्थी नेताहरु बताउँछन् । एक बिद्यार्थी नेताले भने – दुई जना बिचको मुद्धा मिलाँउछन् भने त्यसमा हाम्रो आपत्ति छैन तर शिक्षकको मर्यादा नै बिर्सिर क्याम्पस हाता भित्रै यौन दुब्र्यवहार जस्तो जघन्य हर्कत गर्ने शिक्षकलाई क्याम्पस प्रशासनले तुरुन्तै कार्वाही गर्न सक्नु पथ्र्यो, कार्वाही नगर्नु क्याम्पस प्रमुखको लाचारपन हो ।
शिक्षण सहायक शर्मा अहिले निर्लज्ज तरिकाले लाज पचाएर क्याम्पसमा जाने र नियमित हाजिर गर्ने गरेका छन् । यस बारेमा महेन्द्र बहुमुखि क्याम्पस थारु बिद्यार्थी संगठनका अध्यक्ष जनक चौधरी मुद्धा अदालत सम्म गएको भन्ने थाहा भएको त्यस भन्दा पछाडीको प्रक्रियाको बारेमा अनबिज्ञ रहेको बताउँछन् ।
यौन दुब्र्यवहारको यो बिषयमा अदालतको फैसलामा ढिलाई भईरहेका बेला पीडित छात्राले समेत मुद्धा मिलीसकेको प्रतिक्रिया दिएकि छिन् । यसबाट यो घटना भित्र भित्रै मिलाउन खोजेको बुझिन्छ । शरुवातका दिनहरु देखिनै यो बिषयलाई सामान्य रुपमा लिएको क्याम्पसले अदालतको फैसला पछि मात्रै शिक्षकको हाजिरी रोक्ने बताएकोछ ।
यसबारेमा क्याम्पस प्रमुख गणेश रेग्मीलाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । शर्माले यस अघि पनि यस्ता घटनाहरु घटाईसकेको बिद्यार्थी नेताहरुको भनाई रहेको छ । घटनालाई क्याम्पसले सामान्य रुपमा लिईदिने गरेकाले शर्माले घटना दोह¥याई रहेको बताईन्छ । पटक पटक महिला माथि दुब्र्यवहार गर्ने भन्दै आलोचित बन्दै आएका शिक्षक शर्मालाई अदालतले कस्तो कार्वाही गर्छ त्यो भने हेर्न बाँकी रहेको छ ।