नेपालगंज/दोस्रो नेपालगंज फोटो फेस्टिवल आगामी जेठ २५ र २६ गते नेपालगंज मा हुने भएको छ । फेस्टिवलको अवसरमा आयोजना हुने फोटो प्रतिस्पर्धाकालागि विहिवार देखि फोटो आह्वान गरिएको छ । वैशाख मसान्त भित्र फोटो पठाई सक्नुपर्ने छ ।
‘राष्ट्रियफोटो पत्रकारिता दिवश को सवैलाई शुभकामना दिन चाहन्छौ’–नेपालगंज फोटो फेस्टिवलाका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने–‘आजको दिन नेपाली फोटो पत्रकारिताका लागि विशेष दिन भएकाले दिवशकै अवसर पारेर फोटो प्रतिस्पर्धाकालागी खुला गरेका हौ’ । प्रतिस्पर्धावाट सर्वोत्कृष्ट फोटोले ‘ वर्ष फोटो ’ उपाधि पाउँछ । ६ वटा विधामा उत्कृष्टले पुरस्कार पाउँछन् ।
प्रतिस्पर्धामा ५ वटा विधाहरु दैनिक जनजीवन र समाचार, खेलकुद, पर्यटन र संस्कृति, बन्यजन्तु र प्रकृति, नेपाल स्माइल (खुशी र उमंग) रहेका छन् । यस वाहेक यस वर्षदेखि नेपालगंज फोटो फेस्टिवलको व्यानरमा ‘सेल्फी’ खिचेर फेस्टिवलको पेजमा पोष्ट गर्ने मध्ये सर्बाेत्कृष्टलाई पनि नगद पुरस्कारसहित पुरस्कृत गरिनेछ ।
फेस्टिवलले यस वर्ष देखिपश्चिम नेपाल समेट्ने गरि आकार लिदैछ । प्रदेश न. ५, ६ र ७ मा पहिलो नेपालगंज फोटो फेस्टिवल (२०७३ अषाढ १९ र २०) यता खिचिएका तस्वीर प्रतिस्पर्धामा पठाउन मिल्नेछ । आगामी वर्ष देखि १ वर्ष अवधिको फोटो मात्र प्रतिस्पर्धामा समावेश गरिने जनाईएकोछ ।
आयोजकका अनुसार उत्कृष्ट १ सय ५ वटा तस्वीरहरु प्रदर्शनीमा राखीनेछ । नेपालगंजमा हुने प्रदर्शनी २ दिन सम्म संचालन हुनेछ । यस वर्षदेखि प्रदेश नम्बर ६ र ७ को १–१ स्थानमा र ५ को पनि अन्य १ स्थानमा प्रदर्शनी यात्रा गर्ने तयारी गरिने छ ।
फेस्टिवलमा फोटो प्रतिस्पर्धा र प्रदर्शनी बाहेक फोटोग्राफी तालीम, फोटोग्राफी अन्तरक्रिया, फोटोग्राफी टुर, स्ट्रीट फोटो डिस्प्ले, पुरस्कार वितरण र विद्यालय भ्रमण कार्यक्रम पनि गरिने अन्तरालले जनाएकोछ ।
प्रतिस्पर्धामा भाग लिन चाहने व्यक्तिले आजै देखि nepalgunj
[email protected] मा फोटो पठाउन सकिने उल्लेख गर्दै आयोजकले नेपालगंज फोटो फेस्टिवलमा सहभागीता र सहकार्यकालागि समस्त संचारकर्मीहरु सहित सवैलाई हार्दिक अपिल गरेकोछ ।