चार वर्ष अघि, म काठमाडौंको एक स्कुलमा पढाउँथे । एकदिन स्कुलमा एकजना गुरुआमाले नौं कक्षामा अध्ययनरत एक छात्रा विद्यार्थीलाई हातमा समातेर तान्दै स्टाफ रुमभित्र ल्याइन् । आक्रोसित गुरु’माले ती छात्रालाई निकै कराइन् । लाजले रातो अनुहार लगाएकी छात्रा घोप्टो परेर ‘आइ एम् सरी म्याम’ भनिरहिन् । पछि छुट्टिने बेलामा थाहा भो– छात्रा विद्यार्थीले आफ्नो साथिलाई गम्लंग अङ्गालो हालेर ‘किस’ गर्दै बाई भनेकी रहिछिन् । त्यहीँ दृश्य देखेर ँ गुरु’माले छात्रालाई स्टाफ रुमभित्र बोलाएर हप्की दप्की गरेकी रहेछिन् ।
विद्यालय परिसरभित्रको कक्षाकोठामा अङ्गालो र किस गर्न अमर्यादित र विद्यार्थीलाई नसुहाउने तर्क थियो ती गुरु’माको । गुरु’माले ती छात्रालाई त्यसरी सम्झाउनु वा कराउनु स्वभाविकै थियो जबकि उनी विद्यायलयमा पालन गर्नुपर्ने नियमविपरीत थिईन् । तर, अचम्मको कुरा चाहीँ के भइदियो भने गुरु’मा उक्त छात्रालाई हरेक पल्टको गालीमा– ‘छोरी मान्छे भएर...’ भन्ने वाक्य दोहोर्याइरहेकी थिइन् ।
नेपाली समाजको नागरिक भएकोले त्यो घटनाले मलाई त्यति नै बेला त खासै छोएन । तर, जब आज म विश्वविद्यालयको एक विद्यार्र्थी भएर ‘फेमिनिस्ट लिटरेचर’ को टेक्स्टहरुमा घोत्लिरहँदा खुुब सकसक अनि नमिठो लाग्छ । देब्रे र दाहिने दुवै दिमागलाई सोध्छु– जाबो अङ्गालो हालेर म्वाँइ खाँदै बाई भनेकोमा गाली र बेइज्जति भोगेकी ती इनोसेन्स छात्रा, केवल केटी हुनुले अमर्यादित ठहरिइन् । ती केटीको स्थानमा केटा (छात्र) भइदिएको भए ती गुरु’माले देखाउने स्वभाव कस्तो हुन्थ्यो होला ? के यस्ता घटनाले नेपाली समाजको परिवेशमा महिलामाथि हुने हिंसा र अपराध हाम्रो साझा समस्या बनेको छैन र ?
मैले यो घटना किन पनि भनिरहेको छु भने, ‘छोरी’ भएर जन्म लिनु अभिशाप नै हो । के नेपाली समाजमा ‘छोरा’ मात्रै जन्माउनुपर्ने हो र ! त्यसो हो भने भोलिको देशको कर्णाधार भनेर सिकाउने विद्यालयकी गुरु’माबाटै ‘छोरी भएर..’ किन सिकाइन्छ ? ती गुरु’माले आफ्ना सन्तानलाई के पाठ सिकाउँदी हुन् ! उनी कुन अवस्थामा घरमा बस्दि हुन्, सायद उनको श्रीमान अनि परिवारले पनि ‘छोरी मान्छे भएर..’ भन्ने पाठ नै दिनरात रटाउँदो हो । यो माथिको घट्नाले त्यहिँ चित्रण गर्छ, छोरी भएर हुर्किनु र त्यसपछि समाजमा सामना गर्नुपर्ने चुनौती कति रहेछ ।
स्त्री भएकै कारण अरुबाट भिन्न ब्यवहार, उपेक्षा र हेय प्रतिक्रिया वास्तवमा नै निन्दनिय हो । भौतिक रुपमा एक पुरुष हुनाको नाताले मैले बनाएको संसार प्रतिको धारणा मेरी बहिनीले देखेको वा बुुझेको संसारभन्दा पक्कै पनि बेग्लै हुन्छ होला । म कहिलेकाहीँ बहिनीलाई भन्ने गर्छु, ‘बाटोमा वा कतै तिमीलाई कसैले दुुब्र्यवहार गर्यो भने त्यसको बाबजुद पछि हट्ने होइन, जमेर थप्पड हान्नु ।’ बहिनीले निर्धक्क ‘हुन्छ’ त भन्छ तर मलाई थाहा छ– ऊ झगडा त के अझैँ मैले देख्ने गरी आफ्नो ‘अन्डरवेर’सम्म खुल्ला ठाउँमा सुकाउँदैन वा मैले देख्ने ठाँउमा आफ्नो स्यानिटरी प्याड राख्न समेत हिच्कीच्याउँछ ।
मैले बल्ल यो बुुझिरहेको छु, त्यो त मैले मेरी बहिनीमाथि मैले गरिरहेको एक प्रकारको हिंसा नै रहेछ । अझ भनौँ, मनोबैज्ञानिक दमन वा हिंसा । मैले बहिनीलाई त्यसरी हौसला दिँदा उसलाई असहजपन भएको रहेछ, जानी नजानि । थाहै नपाई उसलाई मैले अपमान र बेवास्ता पो गरिरहेको रहेछु । जबकि बाटोमा वा कतै तमाथि जाइलाग्नेलाई तह लगाउनु त्यहिँ भनिरहँदा मैले उसलाइ कहिल्यै पनि दुुईवटा स्यानिटरी प्याड किनेर दिने चेष्टा गरिने । जुन दाहित्व मैले निर्वाह गर्नुपथ्र्याै ।
बन्दुकको उत्तर फूलले होइन बन्दुकले नै दिनुपर्छ भनेझैँ भौतिक आक्रणमाथि जाइ लाग्नेलाई त्यहिँ उत्तर फर्काउनुपर्छ भन्ने मैले यो दायित्व कहिल्यै निर्वाह गरिने । मैले बहिनीलाई भौतिक आक्रमणको जवाफभन्दा यतातिर सहजपन बनाईदिएर दाई हुनाको दायित्व र जिम्मेवारी पूरा गरिदिनुपथ्र्याै । तर, म जस्ता लाखौँ दाजुहरुले आफ्ना बहिनीहरुलाई पुुरुष हैकमवादी सोँच थोपर्दछ र, महिला हिंसाले जन्म लिइदिन्छ, थाहै नपाइ ।
कयौपटक मैले सुुनेको र देखेको छुु, मेरो हाइस्कुुलको सामाजिक शिक्षकले भन्नुुभएको– छोरी मान्छेको घाँटीमा रुद्रघन्टी हुुँदैन, त्यसकारण पनि कुनै कुुरा मनमा राख्न सक्दैनन् अनि ओकलिहाल्छन् । यो प्रसंगबाट पनि प्रष्टिन्छ किन हामिले सामाजिक रुपमा आफ्नै छोरी, चेली, बहिनीहरुलाई कसरी हेरिरहेको रहेछौँ त ।
मैले महिला हिंसासम्बन्धि केही घटनाहरु देखे तर, मैले निन्दा र विरोध गर्न सकिन । सार्वजनिक साधनमा यात्रा गर्दा नजानिदो पाराले नजिकै बस्ने राम्री केटीको शरिर सुुम्सुुमाएको किस्सा सुुनाउने मेरो साथिभाइलाई सर्तक कहिले गराइन । क्याम्पसमा आफ्नो छात्रा सहपाठीको स्तनको फोटो खिच्न खोज्ने मेरा साथिहरुलाई सम्झाउन मैले जरुरी ठानिन । सामुुहिक फोटो खिच्दा आफ्नो छात्रा सहपाठीको हिपमा हात राख्ने साथीको ध्यानलाई भंग गर्न सकिन । चुुप लागेर बसिदिएँ । हुुन त ‘पोथी बास्यो भने धुुरी कटाउनुु पर्छ’ भन्ने कठोर संस्कारबाट हुुर्किएर आएको मेरो बबुुरा मस्तिष्कले यसविरुद्ध उत्रने आँट पनि गरोस् कसरी ? यी सबै नहिच्किच्याइ किन भनिरहेको छुु भने महिलामाथि हुुने कुनै पनि प्रकारको हिंसामा सरिक नभए पनि म ती तमाम् गतिविधिहरु हेरेर बस्छुु भने त्यो आफैँ हिंसामा संलग्न भए जति भएन र ? सोध्छु आफैँले आफैँलाई, ‘मजस्ता केटाहरु जो हिंसामै नउत्रिएर यसरी नै मौन बसी हिंसामा थप बल दिइरहेछन् ।’
महिला हिंसाका समाचारले पत्रिकाको फ्रन्ट भरिएको देख्छु । र, मैले पढ्ने विश्वविद्यालयको अंग्रेजी पाठ्यक्रमको ‘वुमन स्टडी’ का टेक्स्टहरु झलझली आँखामा नाच्न थाल्छन् । त्यो टेक्सटमा पुरुषसरह नै सशक्ति ढंगमा उत्राइने महिला मैले बाँचिरहेको समाजमा फरक प्रकृतीको पाउँछु । जबकि कक्षाकोठाभित्र ‘महिला पुरुषभन्दा के मा कमी छे’ भनेर मलाई अकमक्क बनाउने सहपाठी केटी साथी बाहिर आएपछि झोक्रिएको देख्छु ।
खै किन होला ?
समाज र मैले पढ्नुपर्ने ‘टेक्स्ट’ बीचको भिन्नताहरु केलाउँछुु । धमिलो पानीमा माछा देखेझैँ यिनीहरुबीचको केही भिन्नता छुट्याउन थालेको छु । विस्तारै आफैँ प्रति आलोचनात्मक हुुन खोजिरहेको छु । यद्यपि, महिला हिंसामा म आफैँ गलत छु भनेर भन्न सक्ने भएको छुु । र, विश्वविद्यालयको विद्यार्थी भएर के गर्नु सामाजिक हिंसालाई बुझ्ने ल्याकत मसँग कहाँ रहेछ ।
चिया गफमा मेरा सहपाठीहरु भन्ने गर्छन्– सतीप्र्रथा र दास प्रथा भोगेर आएको हाम्रो समाज आजको उन्मुुक्त पुुस्तासम्म आइपुुग्नुु निकै ठूलो उपलब्धी हो । तर, मलाई त्यस्तो लाग्दैन । के नेपाली समाजको सन्दर्भमा महिला उन्मुुक्त छ भनेर दाबी गर्ने हामी उहीँ एकलकाँटे र बन्द समाजको समर्थक छैनौँ र ? हिजोका दिनहरुमा महिलाहरुले छोरा नजन्माउदा घरबाट खेदिनुुु पथ्र्यौ । यतिसम्म गरिन्थ्यो कि दीर्घ रोगी वा धेरै बोलेमा समेत पुुरुषले पारपाचुुके गर्न मान्यता थियो । होला आज त्यो दृश्यमा केही फेरबदल भएको छ तर, महिला पुरुषको केवल एउटा हिस्सा हो भनेर सोच्ने र चिन्तन गर्ने विचार बद्लिएको छैन ।
साथीहरुले यो पनि भन्छन्– महिलामाथि मात्र हिंसा हुने देख्नेले पुुरुष माथि हुने हिंसाचाहिँ के हो त उसोभए ? महिलाबाट महिलामाथि हुने हिंसाचाहिँ छैनन् र ? साथीहरुले यस्ता तमाम प्रश्न गर्छन् । यसबारे कुनै दिन गजबले लेख्ने नै छु । तर, महिला हिंसा नेपाली समाजको संरचनामा भएको संस्थागत हिंसा हो । र, समानताको खोजीमा महिला अधिकार भन्ने आवाज पुुरुषमाथि घृणा थुुर्पानुु होइन । यो त सम्मान, सभ्य र सुुन्दर बनाउने यात्राको आरम्भ हो ।
आफ्ना कुराहरु बिट मार्नुअघि फेरी नौ कक्षामा पढ्ने ती छात्राकै प्रसंग उप्काउन चाहन्छु । गुरु’मा बाट त्यसरी हप्कीदप्की खाएकी छात्रा अहिले आजकाल मोडलिङ गर्दिरहिछिन् सोच्छु–उनलाई आजकल त्यो पूरानो घटनाको याद आउँछ कि आउँदैन होला ? एकदिन भेटेर सोध्न मन छ । अन्तमा म्याडोनाको भाषामा, ‘म प्रतिस्पर्धी र महत्वकांक्षी छुु र मलाई ठ्याक्कै थाहा छ, म जीवनमा के चाहन्छुु । यदि यसो हुुँदा मलाई कसैले ‘बाइफाली आइमाई’ देख्छन् भने, त्यो उनीहरुको समस्या हो । म यसमा आफ्नो समय बर्बाद गर्दिन ।’ त्यसैले त मलाई म्याडोना निकै मन पर्छ ।
– सुुदीप राइ, हाल सरस्वतीनगर, कपन, ९८१५९७३८७१
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७ ०३:१९