काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले महिला सेलजस्तै प्रहरीमा दलित डेक्स बनाउने सोच अघि सारिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री थापाले भने, ‘अघिल्ला वर्षको तुुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको छ, यो चिन्ताको विषय हो ।’ उनले चाँडै प्रहरीमा दलित डेक्स बनाइने बताए ।
बैठकमा गृहमन्त्री थापाले सदस्यहरूले विकास भनेको सडकमात्र हो भन्ने बुुझाइ र विनागुरुयोजना हतारोमा सडक बनाउने कार्यले पहिराका जोखिम निम्त्याएको सडक खन्ने कार्यलाई व्यवस्थित र योजनाबद्ध ढंगबाट अघि बढाउन सुुझाव दिए ।
जोखिमबस्ती स्थानान्तरणमा विशेष ध्यान पुु¥याउन पनि गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले तीन तहका सरकारबीच समन्वयका साथ काम गर्न तथा प्रभाव र पहुँचका आधारमा आयोजना छान्ने गलत प्रवृत्ति रोक्न पनि उनले सुुझाव दिए ।
मुुलुकमा बाढी, पहिरो, डुुबान र चट्याङलगायत घटनामा वर्षमा सरदर एक हजार व्यक्तिको मृत्यु हुुनुुका साथै आवास, पूर्वाधार र बालीनाली गरी अर्बाैंको क्षति हँुदै आएको छ ।
प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानून निर्माण भइसकेको उल्लेख गर्दै गृहमन्त्री थापाले भने, ‘औद्योगिक मुलुुकले लिएको विकाससम्बन्धी गलत नीतिले पृथ्वीको तापक्रम बढन गई जलवायु परिवर्तनमा आएको असरको कारण अनेकैँखाले विपद्का घटना निम्त्याएको छ ।’