काठमाडौं– साँस्कृतिक संस्थानले सी.एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ ।
काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यावस्थापनका लागि सी.एम. ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्युन दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखि नै उक्त सम्झौतामाथि प्रश्न उठेको थियो ।
सी.एम. ट्रेडिङसँगको सम्झौताअनुसार आ.व. २०७७÷०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक लगभग २० रूपैयाँ मात्र थियो । सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रूपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ । सो क्षेत्रमा प्रतिवर्गफिट प्रतिमहिना ८० देखि एकसय रूपैयाँ सम्म चल्तीमा छ ।
‘सी.एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरेका छौँ’, संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानमा अनेकन समस्या छन् । संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा गर्न जरुरी छ ।’
गत पुसदेखि कार्याभार समालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौतालाई पूनरावलोकन गरिने पनि उल्लेख गरेका थिए ।
‘यसअघि संस्थानले आङ्खनै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ । पार्किङ सुविधाका कारण अव हल अक्युपेन्सी पनि बढ्ने अपेक्षा गरका छौँ’, महाप्रबन्धक राईले भने । लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि सांस्कृतिक संस्थानको समृद्धि आवश्यक रहेको उनको भनाइ छ ।
सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हामी एकएक गर्दै समाधानका लागि अघि बढेका छौँ ।’
सी.एम. ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.व. २०७७÷७८ मा संस्थानले लगभग एक करोड तीस लाख रूपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रूपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ ।
अध्यक्ष अधिकारीका अनुसार सी.एम. टेडिङसँगको सम्झौता भंग गरेपछि नेपाल दु्रसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा तत्काल सम्झौता भएकाले संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स खाली राख्नु परेन ।
‘नयाँ सम्झौतामा प्रतिवर्गफिट प्रतिमहिना ७० रूपैयाँ काम भएको छ । टेन्टरमार्फत गएको समय लाग्थ्यो तर अझ बढी दर कायम हुन सक्थ्यो’, अध्यक्ष अधिकारीले भने ।