नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिंग युथको ८३ औं श्रृंखला बैशाख १५ गते शनिबार नेपालगञ्जमा सम्पन्न भएकोछ ।
नेपालगञ्जको बिनायक गेष्ट हाउसमा सम्पन्न कार्यक्रममा आर्ट अफ लिभिंग नेपालका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले प्रबचन दिएका छन् ।
कार्यक्रममा बोल्दै घिमिरेले सत्ता, सम्पत्ति, सम्मान र सम्भोगको लोभले देश बर्बाद भएको बताए । उनले त्यसको बदला साधना, सेवा, सत्संग र समर्पणको भाव सबैले अवलम्बन गर्नुपर्ने बताए ।
उनले श्रृष्टिलाई परिवर्तन गर्न नसकिने बताउँदै दृष्टिलाई मात्र परिवर्तन गर्न सकिने बताए । सुख चाहिन्छ भने आफैलाई बदल्नुहोस् अरुलाई होईन–उनले भने– जे गर्यो, त्यहि हुन्छ, जस्तो पानी पिईन्छ, त्यस्तै वानी हुन्छ, जस्तो आहार खायो, त्यस्तै व्यवहार हुन्छ ।
सहभागिहरुलाई उत्साहित पार्दै उनले भने –मरे जस्तो गरेर के बाँच्ने, मुस्कुराएर बाँच्नुहोस्, मजाले बाँच्नुहोस्, मुस्कान नभएको जीवन के जीवन ? उनले थपे–मुखमा सुगर फ्याक्ट्रि, टाउकोमा आईस फ्याक्ट्रि, मुटुमा सटिसफ्याक्ट्रि भयो भने सबै ठिक हुन्छ ।
बासका कार्यक्रम संयोजक खेम बिष्टले सञ्चालन गरेको कार्यक्रममा ४० बढि सहभागि थिए ।