काठमाडौं– नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले रु ५० हजार सहयोग गरेका हुन् ।
केन्द्रीय सदस्य श्रेष्ठले बुधबार शर्माको मरु गणेशस्थित निवासमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा पछिल्लो समय प्यारालाइसिसबाट पीडित छन् ।
विसं
२०३३ देखि बक्सिङ खेल्न थालेका शर्मा पाँच पटक राष्ट्रिय च्याम्पियन भएका थिए ।
शर्माले भारतको मुम्बईमा सम्पन्न एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।
केन्द्रीय सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन गरिने बताए ।
विदेशमा रहेका नेपालीहरूबाट समेत सहयोग रकम संकलन भइरहेको उनले बताए ।
श्रेष्ठले केही समय अघि निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी बक्सिङ खेलाडी, प्रशिक्षक र निर्णायकहरूको कोरोना बीमा समेत गरेका थिए ।