काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडबाडमा होन्डा कार खरिदमा नगद उपहार दिने अफर सार्वजनिक गरेको छ ।
नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ चाडलाई लक्षित गरी फेस्टिभ बोनान्जा स्किमअन्तर्गत होन्डा कार खरिदमा १० लाखसम्मको नगद उपहार दिने योजना स्याकार कम्पनीले आइतबार सार्वजनिक गरेको हो ।
स्याकार कम्पनीले स्किम अवधिभर गाडी खरिद गर्ने ग्राहकहरूमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी १ जनालाई १० लाख नगद उपहार प्रदान गर्ने जनाएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूले नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने बताइएको छ ।
कारको खरिदमा आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख कि.मि.को वारेन्टी साथै ५ वर्षको फ्रि सर्भिस्समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फाइनान्सबाट लिन इच्छुक ग्राहकहरूले न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होन्डा कार लिन सक्ने छन् ।