काठमाडौं – एनआईसी एशिया बैंकले ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
यस बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवि शर्मालाई उक्त रकम भुक्तानी गरिएको छ ।
निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो ।