काठमाडौं – सन्राइज बैंकले आङ्खनो १३औँ वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।
बैंकको प्रमुख कार्यालय गैरीधारामा शुक्रबार आयोजित १३औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी जनक शर्मा पौड्यालले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठनलार्ई आर्थिक सहयोग गरेको हो ।
सधैँझँ वार्षिकोत्सवमा संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गदै आएकामा कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामग्रीहरू किन्नका लागि नगद एक लाख पचास हजार रूपैयाँ संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूका लागि शिक्षामा केन्द्रित संस्थालाई आगामी वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी पौड्यालले बताएका छन् ।
यसै कार्यक्रमको अवसरमा बैंकले विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्ध रहेको उनले बताए । यसैबीच, बैंकले चाडबाडलाई लक्षित गर्दै कार्ड तथा ई–बैंकिङबाट भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरको सामान खरिदमा भुक्तानी छुट हुने योजना शनिबार सार्वजनिक गरेकोे छ ।
बैंकका अनुसार डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी स्टोरको सामान खरिदमा बिल भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५ सयसम्म ग्राहकहरूले तत्काल छुट पाउने छन् । उक्त योजना २५ असोज ०७७ देखि ११ कात्तिकसम्म लागू हुने बैंकले जनाएको छ ।