विराटनगर– युनाइटेड टेनरिजले आङ्खनो ब्रान्डको युनाइटेड रियल छालाजुत्ता सोरुम विराटनगरमा खोलेको छ ।
नेपाली कच्चा पदार्थहरूको प्रयोग गर्दै ग्राहकहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुरूप विदेशी ब्रान्डको स्वदेशी युनाइटेड रियल लेदरको जुत्ता सोरुम सेन्ट्रल मल १० विराटनगरमा बिहीबार एक समारोहका बीच सञ्चालक परवेज अख्तरले शुक्रवार उद्घाटन गरे ।
युनाइटेड टेनरिजको कारखाना दुहबी, सुनसरीमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार छालाका जुत्ताहरू उत्कृष्त डिजाइनहरूमा जेन्स र लेडिज दुवैका लागि उपलव्ध छ र हस्त निर्मित जुत्तामा छ महिनाको वारेन्टी छ ।
कम्पनीबाट उत्पादित गुणस्तरीय छालाका जुत्ताहरू विदेशमा समेत निर्यात गरेर देशमा विदेशी मुद्रा भित्र्याउने उद्देश्य रहेको सञ्चालक अख्तरले बताएका छन् ।
उनले भने, ‘नेपालको औद्योगिक नगरीको रूपमा परिचित विराटनगर एक सुविधा सम्पन्न तथा हरप्रकारले उपयुक्त स्थान हो ।
हामी यहाँ स्थापना हुने उद्योग व्यवसाय र व्यवसायीहरूको हितमा काम गर्न दत्तचित्त छौँ ।
युनाइटेड टेनरिजले सञ्चालनमा ल्याएको यस सोरुमले विराटनगरको व्यवसायिक विकासमा सघाउ पुग्ने विश्वास मैले लिएको छु ।
स्वदेशी उद्योगलाई प्रोत्साहन गरेर देशमै रोजगारीका अवसरहरू सिर्जना गर्न सके हाम्रो समृद्धिको सपना साकार हुनेछ ।’
हालको कठिन परिस्थितिकाबीच पनि रियल छाला जुत्ता व्यवसायलाई निरन्तरता दिन कटिबद्ध रहेको उद्योगका अर्को सञ्चालक शादाव अख्तरले बताएका छन् ।
कम्पनीले आङ्खनो उत्पादनहरू अमेरिका, युरोपलगायत एसियाका धेरै राष्ट्रहरूमा निर्यात गर्दै आएको जनाएको छ ।