काठमाडौं – रोयल इन्फिल्डले दसैँ र तिहारलगायत चाडलाई लक्षित गर्दै ‘एड्भेन्चर मिट्स फन’ योजनाअन्र्तगत एकहप्ते टेस्ट राइड कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले शनिबार विज्ञप्ति जारी गर्दै रोयल इन्फिल्ड सोरुम बालाजुमा ‘एड्भेन्चर मिट्स फन’ कार्यक्रममा हिमालयन र इन्टरसेप्टर बाइकका अनुभूति प्रदान गर्न एकहप्ते टेस्ट राइड कार्यक्रम आयोजना गर्ने भएको हो ।
उक्त कार्यक्रम आइतबारदेखि एकसातासम्म चल्ने र टेस्टराइड बिहान १० देखि बेलुकी ५ बजेसम्म गरिने आयोजकले जनाएको छ ।
गाइड मार्सलहरूको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने र टेस्टराइड गर्ने राइडरहरूलाई रोयल इन्फिल्डकोतर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अटोमोबाइल्सले जनाएको छ ।
बिक्रेताका अनुसार साधारण तर दमदार र आकर्षक देखिने ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्डएस ओएचसी इन्जिनका साथै २४.५ पिएस पावर र ३२ एनएमटर्क हिमालयन ब्रान्ड बजारमा आएको छ ।
यसको ड्यासबोर्डमा मोडर्न टच रहेको, स्पिडोमिटर, ट्रिप मिटर, ङ्खयुल गेज, डायरेक्सन लकम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिने वितरकले जनाएको छ ।
बाइकमा हेलोजन हेड ल्याम्प पनि उपलब्ध गराइने हुनाले राइडरहरू निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ ।
साथै इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयरकुल्ड, एसओएचसी, फिउल इन्जेक्टेड प्याराललट्विन मोटर इन्जिनको प्रयोग गरिएको र यसले ४७ बिएचपी पावर र ५२ एनएमटर्क जेनेरेट गर्ने कम्पनीले दाबी गरेको छ ।
कम्पनीकका अनुुसार बाइकमा ६ स्पिडको गियर बक्स र स्लिप असिस्टक्लच समावेश गरिएको र अधिकतम गति १६३ किलोमिटर प्रति घण्टा रहेको छ ।
रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्रगतिको बाइक रहेको र यी दुई बाइकको मूल्य क्रमशः ८लाख ९८ हजार र १२ लाख ४९ हजार रूपैयाँ पर्ने वितरकले जानकारी दिएको छ ।