युएई– राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा ग¥यो ।
राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले । राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे ।
दुबैले छैटौं विकेटका लागि ८५ रनको साझेदारी गरे ।
यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए ।
जोस बट्लरले १६ रन जोडे ।
हैदराबादका राशिद खान र खलिल अहमेदले २र२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए ।
केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चर, जयदेव उनाडकट र कार्तिक त्यागीले १÷१ विकेट लिए ।
जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ ।
राजस्थान तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ ।
हैदराबादको यो चौंथो हार हो ।
हैदराबाद ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।