काठमाडौ– सिद्धार्थ बैंक लिमिटेडको डिवेन्चरमा उल्लेखनीय आवेदन परेको छ ।
बैंकले जारी गरेको तीन अर्ब रूपैयाँको ‘८.५० प्रतिशत एसबिएल डिबेन्चर–२०८४’ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ ।
निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भएको हो ।
लगानीकर्ताहरूको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम र उतकृष्ट सेवा प्रदान गर्न अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ ।