काठमाडौ– नेपालमा घरघरै सेवा दिँदै आएको फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ ।
फुडमान्डुले आङ्खनो स्टाफ सदस्यहरू र खासगरी ग्राहकहरूको स्वास्थ्य र सुरक्षाको बारेमा विशेषज्ञहरूको सल्लाह लिईरहेको छ ।
कम्पनीमा संलग्न सबैको राम्रो स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रयासअन्तरगत फुडमाण्डुले डीओसीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ र सम्झौतापछि डिओसीले स्वास्थ्य र सुरक्षा सल्लाहकारको भूमिका खेल्नेछ ।
यसले प्लेटफर्मबाट अर्डर गर्न सुरक्षित छ भनेर ग्राहकहरूलाई सुनिश्चित गर्न र आश्वासन दिनेछ र यसको साइटहरूमा रोकथाम सुरक्षा र स्वच्छता मापदण्डहरू जारी राख्नेछ ।
डीओसीले सुरक्षा कदमहरूलाई प्राथमिकता दिन, स्क्रीनिंग प्रोटोकोललाई सुदृढ गर्न, मानव संसाधन नीति लागू गर्न, कोभिड–१९का लक्षण बारेमा कर्मचारीलाई शिक्षित पार्दै तालिम र वर्कशप मार्फत रोकथामको कार्य गर्नेछ ।
साथै आईटी प्रणालीलाई उपयोग गर्दै कामका आवश्यकताहरू विकास गर्न सहयोग गर्ने, कर्मचारी र उनीहरूका परिवारका लागि अनलाइन डाक्टर परामर्शमा फुडमान्डुलाई सहयोग पु¥याउनेछ ।
कम्पनीका लागि चौबीसै घण्टा र आकस्मिक योजनाहरू समेत उपलब्ध गराउनेछ ।