नेपालगन्ज/ नेपालगन्जबाट प्रकाशित हुंदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आयोजनामा र आर्शीवाद पेन्ट्स प्रा. लि.को सहकार्यमा गरेको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ३५ जनाले रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । रक्तदानको यो ३८ औं श्रृङ्खलामा आर्शीवाद पेन्ट्स प्रा.लि. नेपालगन्जको सहकार्यमा सम्पन्न भएको हो । जनमत अद्र्ध साप्ताहिक पत्रिकाको ३७ औं वर्ष प्रवेश र अन्तर्राष्ट्रिय श्रमिक मजदूर दिवसको अवसर पारेर रक्तदान गरिएको हो । रक्तदाताहरुलाई उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज बांकेकी अध्यक्ष पदमा बस्नेत, पत्रकार झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका व्यूरो प्रमुख शंकर खनाल लगायतले प्रशंसा पत्र तथा टिसर्ट वितरण गरेका थिए ।
जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आप्mनो रजत वर्षको अवसरमा वि.सं. २०६३ साल वैशाख महिनादेखि नियमित रुपमा त्रैमासिक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । उक्त त्रैमासिक रक्तदान कार्यक्रममा पत्रकार, कलाकार, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, रेडियोकर्मी, कर्मचारी लगायतले रक्तदान गरेकाछन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा क्षेत्रीय संयोजक झलक गैरे तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बांकेकी अध्यक्ष पदमा बस्नेत (पिन्की) ले संयुक्त रुपमा एक पिन्ट रगत दिएर शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष तथा पत्रकार राकेश कुमार मिश्र, रेडियो कृष्णसार एफएमका प्रमोद डि.जी., वरिष्ठ प्राविधिक योगराज चौधरी योगेश, मेघराज जि.एम., शम्भु प्रसाद थारु, दीपज्योति शाही, ज्योति बुढामगरले रक्तदान गरेका थिए ।
यसैगरी आर्शीवाद पेन्ट्स प्रा.लि. की प्रतिनिधि पूजा हमाल, कलाकार प्रशान्त के.सी.चौवे, हिमालयन बैंक लिमिटेड नेपालगञ्ज शाखाका वरिष्ठ अधिकृत सरोज रेग्मी, ब्रिटिश इङ्गलिश मिडियम स्कूल सुर्जीगाउंका प्रिन्सिपल हेमन्तराज काफ्ले शिक्षिका माया गिरी, सेन्ट थोमस हाईस्कुलकी शिक्षिका स्वेता शाक्य, नेपाल रेडक्रस सोसाइटी बांकेद्वारा संचालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होम बहादुर गिरी, रविन्द्र कुमार मिश्र, संजय बढही, तेज बहादुर डांगी, नियमित रक्तदाताहरुमा विनोद कुमार वैश्य, जवाहर लाल वर्मा, मनमोहन वर्मा, गोपाल थारु, अजबुद्दीन बागवान, दिपेश परियार, सागर शर्मा, रोशनी चौधरी, जानकी गाउंपालिका वार्ड नं.५ बेलहरीका वडाध्यक्ष रमेश कुमार वर्मा, प्रकाश विश्वकर्मा, सरोज सिंह, राम सुहावन सोनकर, नारायण दत्त चालिसे, कृष्ण प्रसाद सापकोटा, राम प्रसाद तिमिल्सेना लगायत ३५ जनाले रक्तदान गरेका
थिए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बांके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, केशर बहादुर डांगी, सुनील पुलामी मगरले प्राविधिक सहयोग गरेका थिए ।