काठमाडौँ– सन्राइज बैंकले चाडबाडलाई लक्षित गरी डिजिटल बैंकिङमार्फत टिकट खरिदमा विशेष छुट योजना ल्याएको छ ।
बैंकको १३औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ’ अभियानलाई आत्मासाथ गर्दै आउँदै गरेको चाडबाडलाई लक्षित गरी हवाइ र बसको डिजिटल टिकट खरिदमा क्यास ब्याकको छुट योजना ल्याएको उल्लेख गर्दै मगंलबार बैंकले विज्ञप्ति जारी गरेको हो ।
ग्राहकहरूले बैंकको सन्राइज स्र्माट एप प्रयोग गरी बस वा हवाइजहाजका टिकट खरिदमा दुईपटकको कारोबारमा प्रति बस टिकटका २ सय र हवाइ टिकटमा ३ सयका दरले क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुुुसार १३औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूलाई खुसी बाँड्न २५ असोज ०७७ देखि ११ कात्तिकसम्मको लागी उक्त योजना लागू हुनेछ ।
वर्तमान परिप्रेक्ष्यमा कोभिड–१९ले धेरै क्षेत्र र व्यक्तिहरूको आर्थिक अवस्था प्रभाव पारिरहेकोले यस योजनाले चाडबाडका अवसरमा उत्साह र उमंग थपिने बैंकले विश्वास लिएको छ ।