काठमाडौँ– गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा चाडबाडको अवसर पार्दै ई–कमर्शमार्फत डिजिटल कारोबारमा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।
ई–कमर्शहरूसँगको समझदारीमा नजिकिँदै गरेको वडादसैँ, दीपावली, नेपाल संवत् एवम् छठलाई लक्षित गरी डिजिटल कारोबार अनलाइनमार्फत सामान खरिद गर्ने ग्राहकहरूका लागि सहज एवं सुलभका लागि आकर्षक नगद फिर्ता गर्ने योजना सोमबार बैंकले सार्वजनिक गरेको हो ।
उक्त आकर्षक योजनाअन्तर्गत सस्तो डिल, ग्यापु, ठुलो पसल, इनफिनाइटस्टोर, ओकेदाम अथवा कलर्माटजस्ता ई–कमर्श कम्पनीहरूबाट ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सस्तो डिल अथवा ग्यापुमा २० प्रतिशत वा २ हजारसम्म, कलर्माटमा २५ प्रतिशत वा १५सयसम्म तथा ठुलो पसल, इनफिस्टोर, ओकेदम मा १५ प्रतिशत वा एक हजारसम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।
उक्त योजना आबद्ध ग्राहकले २७ असोज ०७७ देखि १ कात्तिकसम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आइसर्भमार्फत समयमै आङ्खनो कार्डमा ई–कमर्श सुचारु गरी निमित्त बैंकले उक्त गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकहरूले उक्त अवसरको अधिकतम फाइदा लिने विश्वास बैंककोे रहेको छ ।
बैंकले ल्याएको यस नवीनतम् सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न योजनामा सहकार्य गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।