काठमाडौं – एनआइसी एसिया बैंकले समयअनुरुप वडादसैँ, दीपावली, नेपाल संवत् एवं छठलाई लक्षित गरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।
नजिकिँदै गरेको चाडबाडलाई उल्लासमय बनाउने उद्देश्यले किनमेल गर्दा मोबाइल बैंकिङ तथा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म नगद छुट र फिर्ता प्राप्त गर्न सकिने गरी बुधबारबाट ‘डिजिटल उत्सव’ योजना कोशेली ल्याएको बैंकले बुधबार विज्ञप्तिमार्फत जनाएको हो ।
बैंकका अनुसार उक्त योजना १ कात्तिकदेखि ५ मंसिर ०७७ सम्म लागू भई १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा उक्त सुविधा पाइने छ ।
विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारीसाधन, खाद्यान्न, हेलिकोप्टर टुरलगायत अन्य सामग्रीहरूको खरिदमा सर्वाधिक नगद छुट तथा क्यास ब्याकले चाडलाई यादगार बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
देशव्यापी महामारीमा सामाजिक दूरी कायमको उत्तरदायित्व महसुस गर्दै चाडको अवसरमा ग्राहकहरूलाई आवश्यक पर्ने सामग्रीहरू खरिद गर्दा उक्त योजनाले सहज एवं सुरक्षित हुने विश्वास बैंकले गरेको छ । बैंकका अनुुसार डिजिटल कारोबारमा पहुँच बढाउँदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने अपेक्षा लिएको छ ।
ग्राहकहरूलाई चाडपर्वका बेला अत्यावश्यक हुने विभिन्न सामग्री खरिद गर्न सहज एवं सुलभ बनाउनका निमित्त बैंकले विभिन्न ब्रान्ड तथा स्टोरहरूसँग समझदारी गरी आकर्षक छुटको व्यवस्था गरेको हुँदा अवसरको समयमै फाइदा उठाउन बैंकले अनुरोध गरेको छ ।
डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम् प्रविधिद्वारा सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरूलाई ई–कमर्स डिजिटल कारोबार गरिरहेको साथै एमओबैंकबाट भुक्तानी गर्दा ह्याप्पी आवर योजनाबाट ४ सय, सुपर सिक्स् क्याम्पियन योजनाबाट ५ सय तथा अनलाइनबाट खाता खोली पहिलोपटक एमओबैंकमार्फत कारोबार गर्दा ५ सय गरी मासिक रुपमा १४ सयसम्मको नगद फिर्ताको योजनासमेत बैंकले सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
देशभरका २ हजार ३ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायत सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् ।
डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारबाट मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनमीमा सहयोग पु¥याउन यस्ता योजनाहरू कार्यान्वयनमा ल्याइरहेका उनले बताए ।