काठमाडौं – अखिल नेपाल फुटबल संघ
(एन्फा) पहिलो ब्याचका खेलाडीले कोरोना भाईरसको कारण प्रभावित बनेका विदेशी खेलाडीलाई आर्थिक सहयोग गरेका छन् ।
दशरथ रंगशालामा शनिबार एक कार्यक्रमकाबीच एन्फा पहिलो ब्याचका खेलाडीले नेपालमा रहेका विदेशी खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
कोरोनापछि सरकारले गरेको लकडाउनको कारण नेपालमै बस्न बाध्य बनेका खेलाडीलाई पहिलो ब्याचका खेलाडीको अगुवाईमा सहयोग प्रदान गरिएको हो ।
विभिन्न संघ संस्थाबाट उठाईएको ३ लाख ८ हजार रूपैयाँ रकम नेपालमा रहेका २९ विदेशी खेलाडीलाई प्रदान गरिएको हो ।
उक्त रकम विशेष गरी पूर्व खेलाडी दिपकुमार राईको पहलमा अनलाईनबाट आर्थिक रकम जुटाईएको हो ।
कोरोनाकै कारण नेपालमा खेलकुद गतिविधि ठप्प रहेको छ ।
जसका कारण प्रतियोगिता नहुँदा स्वदेशी तथा विदेशी खेलाडीहरू क्लब विहिन भएका छन् ।
केहि विदेशी खेलाडी स्वदेश फर्किएपनि अधिकांश खेलाडी नेपालमै रहेका छन् ।