युएई – युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग
(आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित निकालेको छ ।
दुबईमा शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै बैंगलोरले छैटौं जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो ।
बैंगलोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
बैंगलोरको जितमा निर्णायक इनिङ्स खेलेका उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे ।
यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए ।
गुर्किरात सिंह १९ रनमा अविजित रहदा आरोन फिन्चले १४ रन बनाए ।
राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले १÷१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
राजस्थानको लागि कप्तान स्टिभ स्मिथले ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै रोबिन उथप्पाले ४१ रन जोड्दा जोस बट्लरले २४ रन बनाए ।
बेन स्टोक्सले १५ रनमा आउट भए ।
बैंगलोरका क्रिस मोरिसले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।