कर्णाली – सन्राइज बैंकले एफवान सफ्टको सहकार्यमा चाडबाडलाई लक्षित गरी भुक्तानीमा नयाँ अफरको योजना ल्याएको छ ।
१३औँ वार्षिकोत्सवको अवसरमा चाडबाडको ढोकानजिकै ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ’ अभियानलाई आत्मसात् गर्दै एफवान सफ्टको सहकार्यमा ग्राहकहरूलाई खुसी बाँड्न डिजिटल भुक्तानीमा बैंकले शुक्रबार नयाँ अफरको योजना ल्याएको हो ।
उक्त योजनाअन्र्तगत मोबाइल बैंकिङको सन्राइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानीलगायत कार्य गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूमध्ये बीस जनालाई प्रतिव्यक्ति एक थान स्मार्ट फोन प्रदान गर्नेछ ।
बैंकका अनुसार नयाँ ग्राहकहरूलाई प्रोत्साहन गर्न पहिलोपटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम् एक सय क्यास ब्याक गर्ने व्यवस्थासमेत रहेको छ ।
१ कात्तिकदेखि ५ मंसिर ०७७ सम्म लागू हुने उक्त योजनाले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।