बाँके/जिल्लाका विभिन्न ३ ओटा स्वास्थ्यचौकीहरुमा सामाजिक परीक्षणका बिषयमा अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको छ ।
जिल्ला जनस्वाथ्य कार्यालयको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा नेपालगन्ज स्वास्थ्यचौकी, खजुराखुर्द स्वास्थ्यचौकी र उदयपुर स्वास्थ्यचौकीमा सोअन्तरक्रिया तथा अभिमुखिकरण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ स्थित स्वास्थ्यचौकीमा सम्पन्न अन्तरक्रिया तथा अभिमुखिकरणमा सामाजिक परीक्षण तथा प्रक्रियाहरुका बारेमा सामाजिक परीक्षक प्रतिक्षा गिरीले जानकारी गराएकि थिईन् । कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष बुद्धि सागर सुबेदी, स्वास्थ्य चौकी ईन्चार्ज सिताराम चौधरी, स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारीहरु, आमा समुह, स्वयम्सेवीको सहभागिता थियो । अभिमुखिकरण पश्चात सुशिला पन्तको संयोजकत्वमा ५ सदस्सीय सामाजिक परीक्षण सहयोग समिति गठन गरिएको छ ।
यसैगरी बाँकेको खजुराखुर्द स्वास्थ्यचौकीको सामाजिक परीक्षण अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सामाजिक परीक्षण र यसका प्रक्रियाकाबारेमा बासका सामाजिक परीक्षक राधिका गिरीले जानकारी गराएकि थिईन् । कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष एबं वडा अध्यक्ष बिश्राम बर्मा, स्वास्थ्य चौकी ईन्चार्ज मिना वली, आमा समुह, स्वाथ्य स्वयंसेविका लगाएत गरी २५ जनाको सहभागिता रहेको थियो ।
अन्तरक्रिया तथा अभिमुखिकरणको अन्त्यमा धर्मा थापाको संयोजकत्वमा ५ सदस्सीय सामाजिक परीक्षण सहयोग समिति गठन गरिएको छ । यसैगरि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ उदयपुरमा भएको अभिमुखिकरणमा बासका सामाजिक परीक्षक शिबकुमार बर्माले सामाजिक परीक्षण र यसका प्रक्रियाकाबारेमा जानकारी गराएकाथिए । स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, स्वास्थ्यचौकी ईन्चार्ज टेक बहादुर केसी, वडा सचिब वडाका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविका लगायत गरी अभिमुखिकरणमा १७ जनाको सहभागिता रहेको थियो ।
बासले यस बर्ष बाँकेमा ४० ओटा स्वास्थ्यचौकीहरुको सामाजिक परीक्षण गरिरहेको छ ।