काठमाडौं – नेपाल एसबिआई बैंकले गैँडाकोटमा शाखारहित सेवा सञ्चालनमा ल्याएको छ ।
गैँडाकोटबाटमा आफ्नो सेवा बिस्तारका क्रममा बैंकले सोमबारबाट शाखा सञ्चालनमा ल्याएको हो ।
भारतीय राजदूताबासका डिफेन्स् अट्याची कर्णेल अविनाश चाम्बियाल तथा बैंकका तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले संयुक्त रूपमा भर्चुअल माध्यमबाट कार्यालय उद्घाटन गरिएको थियो ।
बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुन गो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेन्द्र कान्त तथा प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छविराज पन्तका साथै भारतीय राजदूताबासका सहायक मिलिटरी अट्याची मेजर पंकज सिंहको उपस्थिति रहेको बैकले जनाएको छ ।