काठमाडौं (प्रस)– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०७६÷७७ मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ ।
सोमबार बसेको ३४५औँ सञ्चालक समितिको बैठकले ०७६÷७७ मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको बोनस सेयर र करसहित ११ प्रतिशत नगद लाभांश सेयरधनीहरूलाई दिने घोषणा बैंकले गरेको हो ।
कोभिड–१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले प्रस्ताव गरेको जनाएको छ ।
बैंकका अनुसार उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरी सेयरधनीहरूलाई प्रस्तावित लाभांश वितरण गरिने छ ।
हालसम्म देशैभरी १११ वटा शाखा, ९९ वटा ए.टी.एम. र १०४ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस नवीनतम् प्रविधिको अधिकतम् प्रयोग गर्दै सावधानीपूर्वक ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली सुबिधा प्रदान गरिरहेका बैंकको दाबी छ ।
साथै यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुँदै कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ ।