काठमाडौं – ग्लोबल आइएमई बैंक र ल्यान्डमार्क होटेल रिसोर्ट एन्ड स्पाबीच सेवा तथा सुविधामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
आइएमइ बैंकका ग्राहक तथा कर्मचारीले होटेल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधामा छुट दिने सम्बन्धमा सोमबार बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र रिसोर्टका तर्फबाट उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकका अनुसार काठमाडौं, पोखरा तथा चितवनमा रहेका रिसोर्टबाट हुने सेवा तथा सुविधामा बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ तथा क्युआर कोड प्रणालीमार्फत भुक्तानीमा बैंकका ग्राहक तथा कर्मचारीहरूले छुट पाउनेछन् ।