महोत्तरी– महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबारदेखि करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ ।
यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३ स्थानिय तहका करदाताले अब जलेश्वरमै कर बुझाउन पाएका छन् ।
करदाता सेवा कार्यालयको उक्त कार्यक्रमको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उद्घाटन गरेका थिए ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख जयबहादुर भण्डारीले करदाता सेवा कार्यालय जलेश्वरका प्रमुख प्रकाश निरौलालाई प्यान कार्ड हस्तान्तरण गर्दै विधिवत जलेश्वरमा करदाता सेवा कार्यालय सूचारु भएको घोषणा गरेका थिए ।