कुरा यही बैशाख १४ गतेको हो, म र एकजना मित्र कामको सिलसिलामा नेपालगञ्ज पुगेका थियौ ।
हामीले आफ्नो काम सकेपछि निकै थकाई र भोक लागे जस्तो भयो त्यसैले खाजा खाने र थकाई मार्ने उद्धेश्यले नेपालगञ्जको धम्बोझी चोकमा रहेको निकै व्यस्त हाम्रो मःम सेन्टरमा पुग्यौ ।
त्यहाँ खाजा खानेको घुईंचोनै थियो, धेरै मान्छेहरु खाजा खाईरहेका थिए । हामी पनि एउटा खालि टेबल थियो त्यतै बस्यौं, अनि मःम र चिसो अर्डर गर्यौं । हामी भन्दा अगाडिको टेबल पनि खालि थियो र त्यो भन्दा अगाडि एक जना अधबैशे महिला र पुरुष बसिरहेका कुरा यही बैशाख १४ गतेको हो, म र एकजना मित्र कामको सिलसिलामा नेपालगञ्ज पुगेका थियौ । हामीले आफ्नो काम सकेपछि निकै थकाई र भोक लागे जस्तो भयो त्यसैले खाजा खाने र थकाई मार्ने उद्धेश्यले नेपालगञ्जको धम्बोझी चोकमा रहेको निकै व्यस्त हाम्रो मःम सेन्टरमा पुग्यौ । त्यहाँ खाजा खानेको घुईंचोनै थियो, धेरै मान्छेहरु खाजा खाईरहेका थिए ।
हामी पनि एउटा खालि टेबल थियो त्यतै बस्यौं, अनि मःम र चिसो अर्डर गर्यौं । हामी भन्दा अगाडिको टेबल पनि खालि थियो र त्यो भन्दा अगाडि एक जना अधबैशे महिला र पुरुष बसिरहेका थिए । त्यतिकैमा हाम्रो अर्डर आईपुग्यो र हामी खान तिर लाग्यौं तर हाम्रा आँखा भने उनीहरु तिरनै थिए । उनीहरुको त्यो सामिप्यता देख्दा लाग्थ्यो कि उनीहरु श्रीमान श्रीमतीनै हुन् ।
उनीहरुको बोलिबाट महिला पहाडी समाजकी रहिछन् भने पुरुष अवधी समाजका भएको थाहा भयो । ती पुरुषले घरि उनको गालामा केहि लागेर पुछिदिए जस्तो गर्थे भने घरि महिलाले पनि त्यस्तै गर्थिन् ।
तिमीले नखाए म पनि खान्न भन्दै एकले अर्कालाई मःम, सेकुवा खुवाईरहेका थिए । त्यतिकैमा महिलाको मोबाईलमा फोनको घण्टि बज्यो, अनि उनले एकछिन है भन्दै बाहिर गईन् अनि कुरा गरिन् र कुरा सकिएपछि पुन त्यहि ठाउँमा पुगिन । ति पुरुषले सोधे —“किसका फोन था ?” उनले जवाफ दिईन्— “हज्बेन्डका फोन था”, फेरि पुरुषले सोधे —“क्या बोलराहाथा ?” जवाफमा —“बोलरहाथाकी कहाँ हो ?” “तो तुमने क्या का हा ?” महिलाले भनिन् —“मैने कहाँ कि मे बजारमे हुँ, लड्काके लिए, ड्रेस, जुत्ता खरिद्ने आयाथा अब घर जारहि हुँ” उनी भर्खरै बोल्न सिक्दै गरेको बच्चाले जस्तै गरेर हिन्दी भाषामा बोल्दै थिईन । अनि महिलाले योजना बनाउदै थिईन् तपाई पर्सि घर आउनुहोला म दुई वटा बियर ल्याउछु,, एक किलो मासु ल्याउँछु,, म मजाले पकाउँछु अनि संगै बसेर खाउँला, अनि पुरुषले पनि आफु आउने बाचा गरे ।
त्यसपछि उनीहरुले पनि खाजा खाएर भ्याए, अनि पुरुषले महिलालाई सोधे “कित्ना हुवा ?” अनि महिलाले वेटरलाई बोलाएर सोधिन् र पैसा तिर्न काउण्टर तिर लागे अनि हामी पनि पैसा तिर्न काउण्टर तिरै लाग्यौं र पैसा तिरेर बाहिर लाग्यौं । ती महिला र पुरुष पनि आफ्नो योजना अनुरुप महिला हिँड्दै पुष्पलाल चोक तिर लागिन् भने पुरुष अटोमा चढेर वि.पि. चोक तिर लागे ।
उनीहरुले त्यहाँ देखाएको व्यवहार र हाम्रा आफ्नै कानले सुनेका कुराहरुबाट के प्रष्ट भयो भने ति महिला बिवाहित थिईन, उनको छोरा छोरी पनि थिए, उनको श्रीमान छोराछोरीलाई राम्रो शिक्षा दिन र श्रीमतीलाई खुसि र सुखि बनाउन खाडि मुलुकमा रगत सरि आफ्नो पसिना बगाउँदै थिए । तर श्रीमती भने आफ्नो श्रीमानको दुःखलाई बिर्सेर परपुरुषसंग रमाईरहेकी छिन् । यस्तै घटनाले गर्दा आज हाम्रो समाज बदनाम हुन पुगेको छ, यस्तै दुई चार जना महिलाले गर्दा खाडिमुलुकमा श्रीमान भएका सबै महिलाहरु त्यस्तै शंकाको घेरामा बाँधिन बाध्य छन् । यस तर्फ सम्बद्धहरुले सोच्ने हो की ?
- खुमेश सुबेदी