दुबई –क्रिकेट त्यही हो । आइपीएलको प्रतियोगिता पनि त्यही हो । टिमका अधिकांश खेलाडी पनि तिनै हुन् र त्यो भन्दा पनि ठूलो कुरा कप्तान पनि महेन्द्र सिंह धोनी नै हुन् ।
तर चेन्नईको टिम त्यहाँ छैन, जहाँ बितेका १२ वर्षमा देखिन्थ्यो । नौ पटक फाइनल खेलिसकेको र तीनपटक आइपीएलको ट्रफी आङ्खनो नाम पारिसकेको चेन्नई सुपर किंग्स आइपीएलको त्यो टिममा पर्दछ, जो टप पोजिसन आसपास रहन्छ । तर आइपीएल–१३ मा सोमबार चेन्नई सबैभन्दा तल अर्थात् आठौं नम्बरमा पुग्यो ।
धोनी पनि त्यहाँ देखिएनन्, जहाँ उनी थिए । उनको हातबाट क्याच छुट्दै गएको छ । रन लिइरहेको समयमा दौडदा उनी थकित देखिन्छन् र उनी रन आउट पनि हुन्छन् ।
उनको ब्याटिङले पनि पहिलाको जस्तो हातसँग राम्रो सम्पर्क बनाउन सकेको छैन । उनको हातबाट ‘बेस्ट फिनिसर’को उपाधि गुम्दै गइरहेको छ । अहिले उनी पिचमा निरास भएर उभिन्छन् र आङ्खनो टिम हारेको हेरिरहन्छन् । टिम जहाँ जस्तो अवस्थामा छ, त्यो कुराको जानकार धोनी छन् भन्ने कुरा पनि होइन् । ट्रोलर्सको ट्रोल र आलोचकको कुरालाई वास्तविकतामा स्वयं धोनीले देखाइरहेका छन् ।
गत अक्टोबर १० मा रोयल च्यालेन्जर्स बेङ्लोरको हातबाट पराजित भएपछि धोनीले ‘जहाज–चेन्नई सुपर किंग्समा कैयौं प्वाल परिसकेको छ’ भन्दै प्रतिक्रिया दिएका थिए । धोनीलाई चेन्नई सुपर किंग्स र आइपीएल मात्र नभई २१ औं शताब्दीको क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानमा गनिन्छ ।
धोनीले क्रिकेटको हरेक फम्र्याटमा अधिकतम प्रतिष्पर्धा र आइपीएलमा करिब करिब हारिसकेको प्रतियोगितालाई जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । त्यहीकारण उनले ‘जादुमयी’ जस्तो उपनाम पाए र ङ्खयानले त ‘जसले जित्यो त्यो धोनी’ भन्ने नारा नै बनाए । तर, धोनीको क्रियाकलापलाई नजिकबाट नियाल्दा धोनीले पनि सुनौलो दिनको बिदाईको क्षण आएको अनुभव गरेको हुनसक्ने देखिएको छ । अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नु पनि यसैको एउटा नतिजा मान्न सकिन्छ ।
आइपीएल सुरु भएपछि पनि धोनी ब्राण्डको उचाईमा रत्तिभर हलचल भएको थिएन । त्यही बेला उनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका चेन्नई सुपर किंग्सका स्टार ब्याटमेन सुरेश रैना र अनुभवी स्पिनर हरभजन सिंहले आइपीएल–१३ बाट अलग्गिने निर्णय लिए ।
धोनीले सन् २०१८ मा टीमलाई आइपीएल च्याम्पियन बनाएका थिए र गत वर्षको सिजनमा उनको टिम उपविजेता भएको थियो । उपाधि र उनको टिमबीच केवल एक रनको मात्र अन्तर रहेको थियो ।
त्यहीकारण पनि ङ्खयानहरूले क्रिकेटबाट बिदाई हुनुअघि मैदानमा धोनीको जादु हेर्न चाहन्थे । तर उनले ङ्खयानको त्यो चाहनालाई पुरा गर्न सकेनन् ।
सन् २०१० मा धोनीको टिमले आइपीएल १३ मा आङ्खनो अभियानको शुरुवात डिफेन्डियन च्याम्पियन मुम्बई इण्डियनलाई हराएर गरेको थियो । दोस्रो म्याचमा चेन्नाईको टिम २ सय रन बनाएर राजस्थान रोयल्ससँग पराजित भयो ।
यही प्रतियोगिताबाट खास गरी धोनीको कप्तानीमा प्रश्न उठ्न थाल्यो । ब्याटिङ अर्डरमा धोनीले खेल्न नसकेको सवाल थियो । हरेक हारसँगै तिखा सवाल पनि आए । टप अर्डर खासगरी सेन वाट्सनको असफलतालाई लिएर पनि सवाल उठे ।
वाट्सनले दुई खेलमा ब्याटिङको दम देखाए । किंग्स इलेभेन पन्जाबविरुद्ध उनको ब्याटिङले नै चेन्नईले खेल जित्यो । कोलकाता नाइट राइडर्सका विरुद्ध उनको हाफ सेन्चुरी पछि पनि १० रनले पराजित भयो ।
फाप डू प्लेसी चेन्नईको सबैभन्दा सफल ब्याटस्म्यान हुन् । ३ सय ७५ रनका साथ उनी सिजनको तेस्रो सफल ब्याटस्म्यान बनेका छन् । तर उनको ब्याटिङमा वाट्सन, धोनी या रैनाको जस्तो शक्ति छैन, जसले चेन्नाईलाई जित नजिक पुर्याउन सकोस् ।
मुम्बईका विरुद्ध पहिलो खेलमा जीतको पटकथा लेख्ने अम्बाती रायडु त्यही म्याचमा अनफिट भए र अन्य दुई खेलमा उनी देखिएनन् । दुवै खेलमा चेन्नाईले पराजय व्यहोर्यो । ड्वेन ब्राभो दिल्लीविरुद्ध प्रतियोगितामा अनफिट रहे र अन्तिम ओभरमा बलिङका लागि उपस्थित भएनन् ।
चेन्नई पराजित हुुनमा पनि यही कारण मानियो । दिल्लीलाई अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक थियो, जुन रवीन्द्र जडेजाको बलमा अक्षर पटेलले सजिलै बनाएर चेन्नईलाई हारको अर्को स्वाद चखाए ।
धोनीले सीमित विकल्पलाई अदलबदल गरेर टिमको भाग्य पल्टाउने कोशिस पनि गरेका थिए । तर, यी काममा उनी अहिलेसम्म पूर्ण रूपमा असफल साबित भएका छन् । मसलन सैम करन ओपनिङमा चल्न सकेनन् । जहाँ राशिद खान, युजवेन्द्र चहल, अक्षर पटेल, श्रेयस गोपाल र राहुल तेवतियाजस्ता स्पिनर सफल भइरहेका छन् ।
डू प्लेसीबाहेक चेन्नईका कैयौं ब्याट्समेन आइपीएल १० को सबैभन्दा बढी रन बनाउने दश ब्याट्समेनमा छैनन् । यसरी नै सबैभन्दा बढी विकेट लिने १० बलरमा चेन्नईका कुनै बलर पनि छैनन् । टिमको सामूहिक असफलतालाई लिएर सबैभन्दा बढी प्रश्न धोनीमाथि नै तेर्सिएका छन् । आलोचकहरूको भनाईमा रैना र हरभजनको विकल्प नखोज्नु, वाट्सन र ब्रावो जस्ता बुढा खेलाडीमाथि बढी भरोसा गर्नु, पछिल्लो संस्करणका सफल बलर इमरान ताहिर र युवा खेलाडीलाई मौका नदिनु नै टिम पराजित हुनुको प्रमुख कारण मानेका छन् । यसमा प्रमुख जिम्मेवार धोनीलाई नै ठहराएका छन् ।