काठमाडौं – नेपाल बैंकर्स संघ (एनबिए)ले दसैँमा ५ दिन सबै बैंकका शाखाहरू बन्द रहने सूचना प्रकाशित गरेको छ ।
ढोकामा नै उभिएको चाड दसैँमा सबै बैंकका शाखाहरू ७ कात्तिकदेखि ११ गतेसम्म ५ दिनका लागि बन्द रहने मंगलबार संघले सूचना प्रकाशित गरी जानकारी गराएको हो ।
संघका अनुसार उक्त समयमा डिजिटल बैंकिङ सेवा भने यथावत् रहनेछ ।
कोरोनाको उच्च संक्रमण बढ्दै गएको अवस्थामा हालसम्म ३ हजार ७ सयभन्दा बढी कर्मचारी संक्रमित हुदाँहुँदै डिजिटल बैंकिङ सेवा र एटिएमको प्रयोग गरी जोखिम न्यूनीकरण गर्न जनमानसमा सहज र भरपर्दो सेवा उपलब्ध हुने संघले जनाएको छ ।
साथै उक्त सेवाको अधिकतम प्रयोग गरी लाभान्वित हुन ग्राहकहरूसमक्ष संघले अनुरोध गरेको छ ।