काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दसैँ धमाका योजना ल्याएको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सङ्खटसँग सहकार्य गर्दै मोबाइल बैंकिङ एप, सिद्घार्थ बैंक स्र्माटमार्फत मोबाइल टपअप, डिजिटल दक्षिणा, तीन कारोबारमा क्यास ब्याक योजना बुधबारबाट बैंकले ल्याएको हो ।
बैंक स्मार्ट एपमार्फत ६ कात्तिकदेखि ५ मंसिरसम्म पहिलोपटक एप क्रियाशील गर्दा पचास रूपैयाँको मोबाइल टपअप प्रदान गरिने, १० कात्तिकदेखि १४ कात्तिकसम्म कारोबारको विवरणमा दक्षिणा लेखी तीनपटक न्यूनतम रकम एक सय ट्रान्सफर गर्दा तीन सय क्यास ब्याक दिने बैंकले जनाएको छ ।
बैंकका अनुसार ६ कात्तिकदेखि ५ मंसिरसम्म कारोबारको विवरणमा माइ फस्र्ट लेखी पहिलोपटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत अर्थात अधिकतम १ सयसम्मकोे, थप तीन कारोबार गर्दा ३ सय र क्यास ब्याक प्राप्त गर्न ५ सय वा सो भन्दा बढी रकमको कारोबार गर्नु पर्नेछ ।
यसैगरीे ६ कात्तिकदेखि ५ मंसिरसम्म कम्तीमा दश वा सो भन्दा बढी कारोबार गर्दा एफवान सङ्खटले आङ्खनो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकहरूलाई मोबाइल फोन उपहार प्रदान गर्ने बैंकले जनाएको छ ।