काठमाडौं(प्रस)– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असनमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मुलुकभरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा काठमाडौंको मुटु मानिने असनमा ग्राहकलाई अझ सरल र सहज तरिकाले बंैकिङ सेवा सुविधा दिन बिहीबारदेखि बैंकले शाखा सञ्चालन गरेको हो ।
आमजनमानसको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले जनाएको छ ।