काठमाडौं(प्रस)– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यास ब्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ ।
मोबाइल बैकिङ प्रयोगकर्ताहरुले दसैँको दिनदेखि द्वादशीसम्म तीनपटक गरी ५ सयभन्दा बढी दक्षिणा पठाएमा ‘डिजिटल दक्षिणा दिऊँ, क्यास ब्याक लिऊँ’ योजनाअन्र्तगत क्यास ब्याक प्राप्त गर्न सकिने बिहीबार बैैंकले जनाएको हो ।
बैंकका अनुसार दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउन पर्नेछ । चाडलाई लक्षित गरी ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रणको यात्रामा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।