नेपालगञ्ज/युएनडिपिको सहयोगमा बासले सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढिकरण परियोजना शुरु गरेकोछ ।
सामाजिक सद्भाव अभिबृद्धि तथा सामुदायिक सुरक्षा सवलिकरणका लागि परियोजना शुरु गरिएको हो । परियोजना बाँकेको नरैनापुर गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन हुने बासले जनाएको छ ।
परियोजना अन्र्तगत राप्ती पारीको नरैनापुर गाउँपालिका अन्र्तगत रहेका बिभिन्न वडाहरुमा गठित सामाजिक सद्भाव समितिलाई संस्थागत सहयोग गर्नुका साथै नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाहरुमा सामाजिक सद्भाव समिति गठन गरिनेछ ।
त्यसैगरि गठित समितिका पदाधिकारीहरुलाई सामुदायिक एकता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, सुशासन बिषयक तालिम प्रदान गर्नुका साथै राप्तीपारीको मटेहियामा रहेको सामाजिक सद्भाव केन्द्रलाई संस्थागत रुपमा बिकास गरिनेछ भने ७ महिनाको अवधिमा साँस्कृतिक उत्सव, सद्भाव चौतारी स्थापना, जनप्रतिनिधिहरुलाई सामाजिक सद्भावका बारेमा तालिम, सद्भावका लागि स्वयंसेव परिचालन, बालहिंसा, महिला हिँसा बिरुद्ध सचेतना कार्यक्रम, सूचनाको हक तथा कानुनी व्यवस्था बारे अभिमुखिकरण लगाएतका क्रियाकलाप गरिनेछन् ।
परियोजना अन्र्तगत नेपालगञ्जको वडानम्बर २० मनिकापुरमा सामाजिक सद्भाव समिति गठन गरिएको छ । वडाध्यक्ष कृष्ण बहादुर कार्कीको उपस्थितीमा गठित समितिको संयोजकमा जोगन्दर यादव सर्वसम्मत भएका छन् भने उपसंयोजकमा अख्तर दर्जि चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः कल्पना थापा, राम कुमार यादव, घसिटे गोडिया, खेद लाल हरिजन, प्रेम बहादुर कामी, रामदिन बर्मा हेलिना श्रेष्ठ रहेका छन् । समितिको सल्लाहकारमा कृष्ण कार्की, सोम बहादुर थापा, बिरेन्द्र प्रकाश पुन रहेका छन् ।
कार्यक्रमको सहजिकरण उपनिर्देशक हेमराज भट्ट र कार्यक्रम संयोजक शम्भु शाहीले गरेका थिए ।