काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसायमा दश करोडसम्म कर्जा दिने योजना सञ्चालनमा ल्याएको छ ।
कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्याउदै देशमा उत्पादन एवं रोजगारीको अविवृद्धि गर्ने उद्देश्य राख्दै दश करोडसम्मको कर्जा प्रदान गर्न ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना शुक्रबारदेखि सञ्चालनमा ल्याएकोे हो ।
उक्त कर्जा योजनामा ग्राहक व्यवसायीले दश करोड सम्मको कर्जा सुविधाका साथै प्रशासनिक र नवीकरण शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार सो कर्जाको अवधि
१५ वर्षसम्म हुनेछ ।
सहुलियतपूर्ण उक्त कर्जामा आङ्खनो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको बैंकले जनाएको छ ।
कृषि क्षेत्रको विकासलाई मध्यनजर गर्र्दै ग्राहकहरूलाई यस कर्जासुविधाले कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने बैंकको विश्वास रहेको छ ।
देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरूको वित्तीय पहुँचमा वृद्धि गर्न उक्त कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहकसमक्ष सञ्चालन गरिएको बैंकले जनाएको हो ।