काठमाडौं – ग्लोबल आइएमई बैंकले भोजपुर र धनुषामा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।
भोजपुरको सदानन्द गाँउपालिका–११ झ्याउपोखरीमा र धनुषाको कमला नगरपालिका–७ हाथमुण्डाका कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत भएका स्थानिय बासिन्दाहरूका लागि सहज र सजिलो बैंकिङ सेवा उपलब्ध गराउन शुक्रबार शाखारहित बैंकिङ सेवाको शुरुवात बैंकले गरेको हो ।
उक्त शाखारहित बैंकिङ सेवाको लागि प्रतिनिधिको रूपमा भोजपुरमा इन्दिरा घले र धनुषामा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार सेवाग्राहीले
प्रतिनिधिमार्पत उक्त बैंकिङ सेवा लिन सक्नेछन् ।
निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिशहोम, सिडीएमए, यूटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवाहरू सेवाग्राही लिन सकिने बैंकले जनाएको छ ।
यस क्षेत्रका बासिन्दालाई बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यताबाट उन्मक्त गराई शाखारहित बैंकिङ सेवा शुरु गरेकोमा प्रभाकारी हुने विश्वास बैंकले लिएको छ ।