काठमाडौं– जगदम्बा मोटर्सले टिभीएस दसैँको आशा योजनाअन्तर्गत पाँचौ हप्ताको विजेता घोषणा गरेको छ ।
एभिन्युज टेलिभिजनमा गरीएको लाइभ प्रसारित र टिभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत टिभीएस स्ट्राइकर किनेका जनकपुरका रत्नेश कुमार कर्णलाई नेपाल आइडल सिजन–२ का विजेता रवि ओडद्वारा गोलाप्रथाबाट दसैँको आशा स्किमका पाँचौ हप्ताका भाग्यशाली विजेताका रूपमा घोषणा गरेको मोटर्सले सावजनिक गरेको हो ।
कर्णले टिभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० बाइक उपहार स्वरूप प्राप्त गर्ने मोटर्सले कार्यक्रममार्फत जनाएको छ ।
१०० देखि ३१० सीसी सम्मका टिभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सक्ने जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताएका छन् ।
कम्पनीका अनुसार यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन तर हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि टिभीएसको वेबसाइटमा गएर फारम भर्नुपर्ने छ ।
कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रूपैयाँ नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्न र दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा पनि दिएको कम्पनको दाबी छ ।