काठमाडौं— सिटी एक्सप्रेस र वाइरइजबीच रेमिट्यान्स कारोबार सुरु गरेको छ ।
हङकङमा रहेका नेपालीहरूले नेपालमा आफ्ना आफन्तलाई विप्रेषणमा छिटो, सहज र सुरक्षित तरिकाले वितरण गर्न सोमबार ख्याति प्राप्त वाइरइज रेमिट्यान्सले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सम्झौता गरी रेमिटान्स कारोबार सेवा सुरु गरेको हो ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र वाइरइज रेमिट्यान्सका तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् ।
२०२० नोभेम्बर ३० तारिखसम्म वाइरइज रेमिट्यान्सबाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ कारोबार निःशुल्क गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
सिटी एक्सप्रेसका अनुसार आन्तरिक विप्रेषण अन्तर्गत एक्सप्रेससँग आबद्ध दश हजारभन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले दाबी गरेको छ ।