काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भई करोडौंको नाफा भएको छ ।
ज्ञानेश्वरको केन्द्रिय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भई २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको मगंलबार बैंकले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । यसै अवधिमा गत आर्थिक वर्षको तुलनामा ९७३ प्रतिशतको वृद्धि भई १.८७ करोड खुद नाफा कमाएको बैंकले जनाएको छ ।
बैंकका अनुसार समीक्षा अवधिको तुलनामा गैरसञ्चालन आम्दानीलगायत खुदव्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा उल्लेख्य वृद्धि गर्न सफल भएको कारण खुद नाफा वृद्धि भएको हो ।
असोज मसान्तसम्म ३६ अर्ब ७२ करोड निक्षेप संकलन गरी २९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको र अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि भएको बैंकले जनाएको छ ।
बैंकको प्रति सेयर आम्दानी ३१.५१ प्रतिशत र प्रति सेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा, आधार दर ९.२८ प्रतिशत, सिसीडी रेसियो ७७.४३ प्रतिशत र पूँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।