काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष ०७६÷०७७ को पाँचौ वार्षिक साधारण सभा अनलाइन वेवनारबाट सम्पन्न गरेको छ ।
अनामनगरमा रहेका कर्पाेरेट कार्यालय वार्षिक प्रतिवेदन छलफल गर्दै चुक्ता पूँजीबाट शेयरधनीहरूलाई नगद लाभंँस वितरण, ०७७÷०७८का लागि लेखापरीक्षक नियुक्तीलगायतका सबै प्रस्तावहरूको निर्णय गर्दै सभाहल र जुम वेवनारमार्फत सहभागिता जनाई सोमबार शिवम् सिमेन्ट्सले आर्थिक वर्ष ०७६÷०७७ को पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
उक्त सभामा प्रस्तुत आ.व. ०७६÷०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी ४ अर्व ४० करोडको २४.२१ प्रतिशतका दरले शेयरधनीहरूलाई नगद लाभांस वितरण, आ.व. ०७७÷०७८का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरू पारित गर्ने निर्णय गर्दै सम्पन्न गरेको सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलले बताएका हुन् ।
उक्त सभामा सहभागी शेयरधनीहरूले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरूलाई सञ्चालक समितिकोतर्फबाट अध्यक्षले जवाफ प्रस्तुत गरको कम्पनीले जनाएको छ ।
सहभागी शेयरधनीहरूको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दा नै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्षले बताएका छन् ।
कार्यक्रम आयोजकका अनुुसार सहभागीहरूले कोरोना कहरकाबीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै जुम वेवनारमार्फत समेत सहभागी गराई समयमै साधारण सभा सम्पन्न गरेकोमा शेयरधनीहरूमा सकारात्मक प्रभाव परेको साथै कम्पनीको समग्र लक्ष्य हाँसिल गर्न सहज होस् भन्ने लगायतका शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं बार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याएका सबै शेयरधनीहरूलगायतका सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षबाट सभा समपन्न गरिएको आयोजकले जनाएको छ ।