काठमाडौं– नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रूपमा स्थापना भएको फुडमान्डुले १० औं वार्षिकोत्सवको मनाईरहेको छ ।
१० औं बार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्र्टाटअप कम्पनीहरू सँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ ।
सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्र्टाटअप कम्पनीहरू उक्त सहकार्यमा सहभागी हुनेछन् ।
जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरू मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई र्सप्राईज दिने योजना भएको कुरा कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराए ।
त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरूका विभिन्न प्रकारका निश्चत सामानहरू पनि ग्राहकहरूले आप्mनो प्लेटर्फममार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ ।
कम्पनीले यस अवसर पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरूको घोषणा गरेको छ ।
जसअन्तरगत द्दछ भन्दा बढि रेष्टुरेन्टहरूबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।
साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरूले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु.५०० सम्म क्यास ब्याक दिनेछ ।
यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्बजनिक गरेको छ ।
फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरू नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरूको ढोकामा डेलिभरी गर्दै आएको छ ।
यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरू डेलिभरी गर्दै आइरहेकोछ ।
यहि अवसरमा कम्पनीले नयाँ सेवा ‘फूडमाण्डु गो’ को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरूको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रूपमा उपलब्ध हुनेछ ।
जस अन्र्तगत आङ्खनो रेष्टुरेन्टमा आएका अर्डरहरू डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक ङ्खलीटलाई प्रयोग गर्न सक्छन भन्छन् फुडमाण्डुका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न माली ।
‘फूडमाण्डु गो रेष्टुरेन्टहरूको व्यवसायलाई सपोर्ट गर्न र उनीहरूको सेवा बिस्तार गर्न उपयोगी हुनेगरि ल्याईएको छ,’ ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले भने ।
नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १,००० भन्दा बढि फुड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।
कम्पनीले आगामी दिनमा आङ्खनो सेवालाई थप स्थानहरूमा समेत बिस्तार गर्दै लाने उद्देश्य लिएको छ ।