बाँके/जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा बाँकेका दुई स्वास्थ्य चौकीको सामाजिक परीक्षण जेष्ठ १५ गते सम्पन्न भएको छ ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि सामाजिक परीक्षण गरिएको हो । बाँकेको टिटिहिरिया र कट्कुईयाँ स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको हो ।
टिटिहिरियामा सम्पन्न सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा ७ बुँदे प्रतिबद्धता व्यक्त गरिएकोछ । जसमा स्वयंसेविकाहरुलाई सेवाको सहजताका लागि टर्च, छाता, झोला उपलब्ध गराउने, स्वयंसेविका परिचालनमा सजगता अपनाउने, टिटिहिरियामा रहेका बिद्यालयलाई प्राथमिक उपचार बाकस उपलब्ध गराउने, छाला रोग सम्बन्धि शिविर गर्ने, सिकसेल बारे जनचेतना कार्यक्रम गर्ने, आमा समूहलाई सक्रिय पार्ने, बिरामीलाई खाने पानीको फिल्टर स्वास्थ्यचौकीमा राख्ने रहेकाछन् ।
बासका कार्यकारी निर्देशक तथा सामाजिक परीक्षक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्यचौकीका प्रमुख चन्द्र बहादुर खड्काले चौकीले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी गराएका थिए भने स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष वडानम्बर ८ का अध्यक्ष भग्गु थारु, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रतिनिधि केशव ज्ञवाली, वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य बिमला सिंह थारु, व्यवस्थापन समिति उपाध्यक्ष निर्मला रोकाले सहभागिहरुले राखेका जिज्ञाशाहरुको उत्तर दिएका थिए । कार्यक्रममा ६५ बढिको सहभागिता थियो ।
यसैगरी कटकुईयाँमा सम्पन्न सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा ५ बुँदे प्रतिबद्धता व्यक्त गरिएकोछ । जसमा कम्पाउण्ड वाल निर्माण गर्ने, आवास निर्माण गर्ने, प्लाससेन्टापिट निर्माण गर्ने, पोषण न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, एक जना थप अनमि माग गर्ने रहेकाछन् ।
बासका केन्द्रीय सदस्य तथा सामाजिक परीक्षक खुमेश सुवेदिले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्यचौकीका निमित्त प्रमुख करम बहादुर चौधरीले चौकीले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी गराएका थिए भने स्वास्थ्यचौकी व्यवस्थापन समिति सदस्य आशाराम यादव, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रतिनिधि रुपेश श्रेष्ठले सहभागिहरुले राखेका जिज्ञाशाहरुको उत्तर दिएका थिए । कार्यक्रममा ३५ बढिको सहभागिता थियो ।