खजुरा/खजुरा गाउँपालिका वडा नम्वर २ (साविकको सितापुर गाविस) लाई आर्थिक बर्ष ०७५/०७६ भित्र बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरिएकोछ ।
खजुरा गाउँपालिका वडा नम्वर २ को सहयोगमा बासद्धारा सञ्चालित बालमैत्री स्थानीय शासन वारे जनजागरण कार्यक्रम अन्र्तगत जेष्ठ १५ गते सम्पन्न बालमैत्री स्थानीय शासन वडा समिति गठन तथा अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले सो प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा बोल्दै वडा नम्वर २ का वडा अध्यक्ष देबिलाल शर्माले वडालाई बालमैत्री घोषणा गर्नका लागि योजना बनाएर अगाडि बढ्ने बताए । आगामी आ.व. भित्र वडालाई बालमैत्री घोषणा गर्न वडा कार्यालय लागि पर्ने अध्यक्ष शर्माले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा बाल मैत्री स्थानीय शासनको अवधारणा, बाल मैत्री स्थानीय शासनका सुचकहरु लगाएतका बिषयमा बासका अध्यक्ष मन भण्डारी सहजिकरण गरेका थिए ।
अभिमुखिकरण कार्यक्रम पश्चात वडा अध्यक्ष देबिलाल शर्माको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन भएको छ ।
गठित समितिको उपाध्यक्षमा वडा सदस्य झुमा गिरी चयन भएकि छन भने समितिको सदस्यमा क्रमशः वृन्दा खत्रि, दान बहादुर बि.सी., साबित्री कुमारी पौडेल, तिलु थापा, नर बहादुर खत्रि, उषा किरण चन्द, खडानन्द शर्मा चयन भएका छन् । यसै गरी वडा सचिब जिवन सुनार समितिको सदस्य सचिबमा चयन भएका छन् ।